राजनीतिक ‘प्रतिशोध भन्दै कुद्ने भिड दया लाग्ने खालको छ’ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-10
  • 12:19:24
  • आइतबार,बैशाख २७, २०८३
  • राजनीतिक ‘प्रतिशोध भन्दै कुद्ने भिड दया लाग्ने खालको छ’ : प्रधानमन्त्री

    राजनीतिक ‘प्रतिशोध भन्दै कुद्ने भिड दया लाग्ने खालको छ’ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र बहालवाल मेयर लगायतका विभिन्न व्यक्ति थुनामा रहेको बताए।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भने जसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’

    भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैँ माग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

    ‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही नै हो ः अर्बौँ रकम अपचलन गरेर थुनामा रहेका सयौँ व्यक्तिमाथि प्रतिशोध भएको हो ः कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो ः’ प्रधानमन्त्री ओलीले भने, ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैँ माग्नेछ। यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ।’

    सहकारीमा भएको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै उनले कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप प्रधानमन्त्री ओलीले लगाए।