आज विभिन्न चार संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 12:18:33
  • आइतबार,बैशाख २७, २०८३
  • आज विभिन्न चार संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

    आज विभिन्न चार संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची

    काठमाडौं– आज (बुधबार) विभिन्न चार संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार, अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छछ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ।

    यसैगरी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।

    त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ।