विश्वकप फाइनलमा अर्जेन्टिनाले जित्छ : अथोस सालेम - Chaitanya News
  • 2026-06-03
  • 14:06:38
  • बुधबार,जेठ २०, २०८३
  • विश्वकप फाइनलमा अर्जेन्टिनाले जित्छ : अथोस सालेम

    विश्वकप फाइनलमा अर्जेन्टिनाले जित्छ : अथोस सालेम

    काठमाडौं– विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सले खेल्ने सही अनुमान लगाएर ‘लिभिङ नोस्ट्राड्यामस’ को उपनाम पाएका अथोस सालेम फाइनल खेलको विजेता को बन्छ भन्ने पनि अनुमान खेलाएका छन्। नोस्ट्राड्याम १६औं सताब्दीका फ्रान्सका चर्चित भविष्यबेत्ता हुन्।

    भविष्य बताउने ब्राजिलका सालेमले यसअघि बेलायती महारानीको निधन हुने र कोभिड–१९ को महामारी फैलिनेबारे पनि पहिले नै बताएका थिए। उनले कतारमा विश्वकप सुरु हुनु पहिले पनि यी दुई देश उपाधिका लागि भिड्ने भविष्यवाणी गरेका थिए। र, अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई र फ्रान्सले मोरक्कोलाई हराएर फाइनलमा स्थान बनाएसँगै उनको यो भविष्यवाणी सही सावित भएको थियो।

    अहिले उनले आइतबार हुने फाइनल कुन टिमले जित्छ भन्ने पनि बताएका छन्। सालेमले आइतबार हुने फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जित्ने भविष्यवाणी गरेका छन्।

    उनले आफ्नो अनुमान एक पद्दतिमा आधारित रहेको बताएका छन्। उनले आफ्नो अनुमान ‘कब्बालाह’ पद्दतिमा रहेको बताएका छन्। जसले गणितीय रुपमा सम्भावनाबारे विश्लेषण गर्छ।