बजेट कार्यान्वयन बारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल - Chaitanya News
  • 2026-05-30
  • 17:51:56
  • शनिबार,जेठ १६, २०८३
  • बजेट कार्यान्वयन बारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल

    बजेट कार्यान्वयन बारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल

    काठमाडौँ– आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ।

    सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ।

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।

    सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निस् शुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।