काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोदोको उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउनु पर्नेमा जोड दिएका हुन् । यस्तै उनल कोदो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व रहेको बताए।
कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गरेका हुन्। “कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ कोदो दिवसको शुभकामना ” प्रधानमन्त्री ओलीले भनेका छन्
“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट गरेका छन् ।