काठमाडौँ– आज (बिहीबार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन्। उनले दिउँसो ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका हुन्।
मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लगेका हुन् ।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्विप जारी गरेको छ। सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन बताइएको छ ।