काठमाडौँ– आज (बिहीबार) एकै दिन संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्ने तय भएको छ।
जसअनुसार, बिहान ११ बजेर ३० मिनेटमा बस्ने प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची रहेको छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुने कार्यसूची छ।
यस्तै, दिउँसो १ बजे बस्ने तय भएको कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने छ।
यसैगरी, बिहान ११ बजेर ३० मिनेटमा बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुँदैछ।
विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ ।
उक्त बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।