कैलाली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन् ।
आजमंगलबार) धनगढीमा आयोजित एक कार्यक्रममा उनले बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए।
उनले भने, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उनले भने, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ।”