ठाउँ ठाउँमा बाढी–पहिरोका कारण ४ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध, कहाँको अवस्था कस्तो ? - Chaitanya News
  • 2026-06-02
  • 09:54:51
  • मंगलबार,जेठ १९, २०८३
  • ठाउँ ठाउँमा बाढी–पहिरोका कारण ४ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध, कहाँको अवस्था कस्तो ?

    ठाउँ ठाउँमा बाढी–पहिरोका कारण ४ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध, कहाँको अवस्था कस्तो ?

    काठमाडौँ–  नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाका ४ वटा मुख्य राजमार्ग अवरोध भएका छन्। राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ।

    कोशी राजमार्ग, मेची राजमार्ग, नेपाल चीन नाका जोड्ने पुल र जाजरकोट डोल्पा भेरी कुरिडोल सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ।

    प्रहरीले दिएको जानकारी अनुसार बाढीपहिरोले अवरुद्ध भएका छ वाट राजमार्ग भने एकतर्फी सुचारु भइसकेका छन्। काठमाडौँ–नुवाकोट सडक खण्ड कालिगण्डकी करी डोर, सहिद राजमार्गहरू एकतर्फी सुचारु भएका हुन्। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको बताएको छ।