आज प्रतिनिधि सभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत हुने - Chaitanya News
  • 2026-05-10
  • 14:23:01
  • आइतबार,बैशाख २७, २०८३
  • आज प्रतिनिधि सभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत हुने

    आज प्रतिनिधि सभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत हुने

    काठमाडौँ– आज (बिहीबार) दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।

    बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन)विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।