किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गर्दै नेपाल धितोपत्र बोर्ड - Chaitanya News
  • 2026-07-17
  • 16:23:49
  • शुक्रबार,साउन ०१, २०८३
  • किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गर्दै नेपाल धितोपत्र बोर्ड

    किनिएको सेयर तत्कालै बेच्न पाउने व्यवस्था गर्दै नेपाल धितोपत्र बोर्ड

    काठमाडौँ– नेपाल धितोपत्र बोर्डले इन्ट्रा–डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ। बोर्डले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो।

    एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ। अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य भएको मानिन्छ।

    अहिले टिप्लसटू कारोबार प्रणाली छ। यसको अर्थ कारोबार गरिएको सेयर राफसाफ हुन २ दिन लाग्छ। इन्ट्रा–डे कारोबार हुँदा दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको शेयरको खुद शेयरको मात्रै रकम भुक्तानी गर्नुपर्छ।

    अहिले प्रत्येक कारोबारको छुट्टाछुट्टै भुक्तानी गर्नुपर्ने व्यवस्था छ।