काठमाडौँ– नयाँ आर्थिक सुरु भएको एक साता पनि भएको छैन् । तर सरकारले आन्तरिक ऋण उठाउन सुरु गरिसकेको छ।
आज (बुधबार) सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो।
३ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर बोलबकोल माध्यमबाट तय हुनेछ। यो ऋणपत्र धितोमा राखेर ऋण लिन तथा दोस्रो बजारमा कारोबार हुनसक्ने जनाइएको छ।
यो वर्ष सरकारले ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिनेगरी बजेटमा व्यवस्था गरेको छ।