बेरोजगारलाई स्वरोजगार बनाउन कर्जाका लागि फेरि प्रस्ताव माग - Chaitanya News
  • 2026-05-30
  • 20:03:41
  • शनिबार,जेठ १६, २०८३
  • बेरोजगारलाई स्वरोजगार बनाउन कर्जाका लागि फेरि प्रस्ताव माग

    बेरोजगारलाई स्वरोजगार बनाउन कर्जाका लागि फेरि प्रस्ताव माग

    काठमाडौँ– सरकारले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जाका लागि पुनः प्रस्ताव माग गरेको छ।

    युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको कोषले इच्छुक र योग्य सहकारीहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न सूचित गरेको हो।

    विगतमा कोषको रकम कर्जा लिई कारोबार गरिसकेका संस्थाको हकमा २०८२ असार मसान्तसम्ममा नियमित रूपमा कर्जा चुक्ता गरेका सहकारी संस्थाले समेत प्रस्ताव पेस गर्न सक्नेछन्।