यस आर्थिक वर्षमा ४५ बढी सहसचिव अवकाशमा जाँदै (सूचीसहित) - Chaitanya News
  • 2026-08-27
  • 09:17:32
  • बिहिबार,भाद्र ११, २०८३
  • यस आर्थिक वर्षमा ४५ बढी सहसचिव अवकाशमा जाँदै (सूचीसहित)

    यस आर्थिक वर्षमा ४५ बढी सहसचिव अवकाशमा जाँदै (सूचीसहित)

    काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो वर्ष ४५ बढी सहसचिव अनिवार्य अवकाशमा जाँदैछन्।

    किताबखानाले आर्थिक वर्ष अवकाशमा जाने कर्मचारीहरूबारे तयार पारेको तथ्याङ्कमा मुख्यसचिव एकनारायण अर्याल, १६ सचिव तथा ४५ बढी सहसचिव अवकाशमा जाने भएका हुन्।

    यो आर्थिक वर्षमा निजामती तर्फका सबै तहका गरी दुई हजार दुई सय ११ कर्मचारी अनिवार्य अवकाशमा जाने किताबखानाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ।

    अवकाशमा जाने सहसचिवहरूमध्ये १५ जना प्रशासन सेवा तर्फका छन्। १३ जना इन्जिनियरिङ, चार जना कृषि सेवाका, न्याय सेवाका ६ जना, वन सेवाका दुई, परराष्ट्रका एक र लेखाका तीन जना छन्।