काठमाडौं– विगत ६ महिनामा सेयर बजारको परिसूचक नेप्से १०.८८ प्रतिशत बढेको छ। गत माघ ६ गते २६०८ अंकमा रहेको नेप्से साउन ६ गते कारोबार खुल्नुअघि २८९४ अंकमा छ।
६ महिनामा नेप्से १०.८८ प्रतिशत मात्रै बढ्दा चार कम्पनीको मूल्य भने शत प्रतिशत बढेको छ। ६ महिनामै मूल्य दोब्बर भएका चार कम्पनी हुन्– बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत् र नेपाल पुनर्बीमा कम्पनी।
माघ ६ गते प्रतिकित्ता ३८६ रुपैयाँ मूल्य रहेको बुटवल पावरको मूल्य ६ महिनापछि अहिले ९५६ रुपैयाँ पुगेको छ। ६ महिनामै कम्पनीको मूल्य १४७ प्रतिशत बढेको छ।
त्यस्तै ६ महिनाको अवधिमा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य प्रतिकित्ता ११३९ रुपैयाँबाट बढेर २३४५ रुपैयाँ पुगेको छ। यो कम्पनीको मूल्य १०५ प्रतिशत बढेको छ।
यो अवधिमा नेपाल पुनर्बीमाको मूल्य ७८५ रुपैयाँबाट बढेर १४९५ रुपैयाँ पुगेको छ। त्यस्तै राधि विद्युत्का् ३४६ रुपैयाँबाट बढेर ८१४ रुपैयाँ पुगेको छ।