नेपालम दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने, एक वर्षमा ९३२ - Chaitanya News
  • 2026-05-30
  • 21:11:54
  • शनिबार,जेठ १६, २०८३
  • नेपालम दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने, एक वर्षमा ९३२

    नेपालम दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने, एक वर्षमा ९३२

    काठमाडौं– नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ।

    आज (शुक्रबार) भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१–८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ।

    यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिकमन्त्री देवेन्द्र दाहालले जानकारी दिए। उनका अनुसार पछिल्लो ६ वर्षयता भौतिकले सबैभन्दा धेरै ७६.४१ प्रतिशत प्रगति गर्न सफल भएको छ।

    यसमध्ये ८ अर्ब ६६ करोड बराबरको काम भने अघिल्ला आवमा सम्पन्न भई भुक्तानीमात्र यस वर्ष भएको हो। यो वर्ष चालु आवमा भने ठूलो भुक्तानी दायित्व नसरेको उनले जानकारी दिए।

    यो अवधिमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएकोमा ५८.५ किलोमिटर मात्र कालोपत्र भएको छ।

    हुलाकी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर लक्ष्य रहेकोमा ९२।५ किलोमिटर कालोपत्र भइसकेको छ। कर्णाली करिडोरमा २० किलोमिटर ग्राभेल सडक निर्माण लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम भएको छ। कालिगण्डकी करिडोरमा ५० किलोमिटर कालोपत्र सक्ने भनिएकोमा ७१ किलोमिटर कालोपत्र भएको मन्त्रालयको तथ्यांक छ।

    पूर्वपश्चिम नारायणघाट–बुटवल खण्डमा १ सय १३ किलोमिटर कालोपत्र सम्पन्न गर्ने भनिएकोमा ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर २ लेन कालोपत्र भएको छ। अहिले दाउन्ने बाहेक क्षेत्रमा प्रगति राम्रो रहेको मन्त्री दाहालले दाबी गरे।