युद्धको घनचक्करमा मानवता (कथा) - Chaitanya News
  • 2026-05-24
  • 22:04:55
  • आइतबार,जेठ १०, २०८३
  •  युद्धको घनचक्करमा मानवता (कथा)

     युद्धको घनचक्करमा मानवता (कथा)

     तोमनाथ उप्रेती:

    उपसचिव,नेपाल सरकार:

    रातो बादल, रातो सागर, रातो आकाश।
    युद्धको रातहरूमा लाल सागरले हजारौं निर्दोष सपना बगाएको थियो।
    जहाजहरू जसले कहिल्यै विश्वभर सामान बोक्थे, आज युद्धका धुवाँ र रक्तका सास बोकेर बगिरहेका थिए।
    यो युद्ध इजरायल र हुथीबीचको मात्रै थिएन,
    यो युद्ध आत्मा र अहंकारबीचको पनि थियो।
    करुणा र द्वेषबीचको, आशा र निराशाबीचको।
    र सागर, मौन साक्षी भएर, यी सबैको गहिरो पीडा निहालिरहेको थियो

    लाल सागरको लहरहरू रातको कुहिरोमा हराउँदै गएका थिए।
    यमनको एक सानो तट, जहिले माछा मार्ने डुङ्गाहरूले रमाइलो गर्थे, आज सुनसान थियो।
    माछा मार्ने बृद्ध, जो युद्ध अघि बिहानै आफ्ना नातिहरूका लागि माछा ल्याउँथ्यो, आज शून्य आँखा लिएर समुद्रको छाल हेर्दै उभिएको थियो।
    उसको हात, काँचको जस्तो चिसो र फाटेको, जिउरोलाई झुकाउँदै पानीको स्पर्श महसुस गरिरहेको थियो।
    अचानक, आकाशमा रातो रेखाहरू तानिए।
    मिसाइलका ती रातो तीरहरू, रात्रीको कपडामा रगतका रेखाहरू झैँ।
    उसको आँखाबाट आँसु टप टप खसे, उसले भन्यो:

    “यो सागर, हाम्रो आमा हो।
    यसले हामीलाई खुवाएको थियो, हाम्रो छातीमा हावा दिएको थियो।
    तर, अहिले यसको दूध रातो बनेको छ।”

    त्यसकै छेउमा उभिएको थियो एक सानो बालक।
    उसको निलो हाफ पाइन्ट फाटेको, खुट्टामा धुलो।
    छातीमा एउटा सानो रद्दीको थैला झुन्ड्याएको थियो, जहाँ उसले भुजा र एक सानो गाजर राखेको थियो।
    आकाशमा रातो रङ देखेर, उसले हल्लिएको स्वरमा भन्यो:

    “आमा, किन आकाश यस्तो रगत रङ्गको भयो?”

    तर कुनै उत्तर थिएन।
    हावा मात्र थियो, जसले उसको छातीमा भर्खरै जमेको धुलोलाई उडाउँदै लग्थ्यो।

    लाल सागरका लहरहरू युद्धपछिको धुवाँ र आगोको गन्धसँग मिसिँदै थिए।
    जहाजहरू जुन कहिले युरोपतिर गहुँ र तेल बोकेर जान्थे,
    आज टुक्रा टुक्रा भएका इच्छाहरू र अनाथ प्रार्थनाहरू बोकेर बगिरहेका थिए।
    हरेक जहाज, एक अनाथ शिशुको प्राणझैँ, सागरको लहरसँग पल्लवित हुँदै कराउँदै थियो:

    “हामी शान्ति खोजिरहेका छौँ, तर किन युद्धले हाम्रो घर जलाउँछ?”

    रातको समयमा लाल सागर आफैं बडबडाउँथ्यो:

    “मानिसहरूले मलाई विभाजन गर्न खोजे,
    तर म पानी हुँ।
    म एकता हुँ।
    तिमीहरूले मेरो पानीलाई युद्धको आगोले तातो बनायौ।
    तिमीहरूले मेरो निलो रंगलाई रक्तरङमा बदल्यौ।
    तर म अझै आशा गरिरहेको छु,
    कहिले तिमीहरू शान्तिको लहर जन्माउँछौ।”

    सागरको बडबड, त्यो रातको तेस्रो प्रहरमा मात्र सुन्न सकिन्थ्यो।
    रातको आकाशमा आकाशगङ्गा छरिएका बेला, जब बन्दुकको आवाज थोरै थम्थ्यो, तब मात्र।

    तेलअविवमा इजरायलको रक्षामन्त्री काट्ज, कालो सूटमा कडा अनुहार लिएर युद्ध कोठामा उभिएका थिए।
    उसले आफ्नो हातले मेजमा बजाउँदै अधिकारीहरूलाई हेरेर भन्यो:

    “यदि हुथीले फेरि प्रहार गरे, उनीहरूले ठूलो मूल्य चुकाउनेछन्।”

    कोठामा गम्भीरता थियो।
    तर काट्जलाई थाहा थियो, त्यो मूल्य केवल सैनिक रणनीति होइन।
    उसको हृदयमा रातको सन्नाटामा बच्चाहरूको रोदन घन्किरहेको थियो।
    उसले झ्यालबाट हेर्दै भने:

    “हामी युद्ध जितिरहेका छौं, तर के हामी आत्मा बचाइरहेका छौं?”

    त्यस रात उसले निदाउन सकेन।
    उसको छातीमा, युद्धका चित्कारहरू संगै आफ्नै छोरीको मुस्कान मिसिएको थियो।
    उसले झ्यालबाट रातो आकाश हेर्यो।
    त्यो रातो आकाश, यमनमा रगत बगिरहेको संकेत थियो।
    आँखाबाट एक थोपा आँसु खस्यो।
    उसले भनी:

    “युद्ध कहिले अन्त्य हुन्छ?”

    सन् २००४ मा भाई हुसैनको मृत्यु पछि हुथी नेतृत्व सम्हालेका अब्दुल मलिक अल-हुथीको जीवन कठोर बनेको थियो।
    उसको आँखामा कठोरता थियो, तर भित्र, भाईको मृत्युको पीडा अझै बाँचिरहेको थियो।
    उसले सानो बन्द कोठामा भाईको पुरानो फोटो हेरिरहेको थियो।
    फोटोमा हुसैन मुस्कुराइरहेका थिए, युद्ध नहुँदा मुस्कान कसरी देखिन्थ्यो, त्यो सम्झाउँदै।

    अब्दुल मलिकले सानो स्वरमा भन्यो:

    “हामी स्वतन्त्रता चाहन्छौं, रक्तपात होइन।
    तर युद्धका लहरहरूले हामीलाई आगोमा घसीरिरहेका छन्।”

    त्यो रात, हुथी नेताहरूबीच बहस भयो।
    कतिपयले भने, “हामी अझ कठोर हुनुपर्छ, इजरायलले हामीलाई नसकुन्जेल युद्ध रोक्नु हुदैन।”
    कतिपयले भने, “अब युद्धले केही ल्याउँदैन, शान्तिको बाटो खोज्नु पर्छ।”
    त्यस कोठामा करुणा र अहंकार भिड्दै थियो।
    तर कोठामा मौनताको एउटा क्षण आयो, सबैले भित्रभित्रै महसुस गरे —
    युद्धले घरहरू भत्कायो, आमाहरूलाई अनाथ बनायो, बालबालिकालाई डरको कैदी बनायो।

    अन्ततः, एक निर्णय भयो:

    “हामी कडा सर्तमा शान्ति सम्झौता गर्न तयार छौं।
    तर हाम्रो शर्त मानवताको लागि हुनेछ।”

     

    युद्धको धुवाँको गन्ध अझै हावामा अल्झिरहेको थियो, तर त्यो बिहान, आकाशमा सुनौलो घामको रेखा फेरि देखिन थालेको थियो।
    हावा अब यति शान्त थियो, जसरी युद्धअघि बिहान समुद्रको छाल सर्दै आउँथ्यो।
    सागरको छालहरू अझै थकाइका साथ तटमा आइपुग्थे, तर ती छालमा आज नयाँ स्वर थियो—शान्तिको स्वर।

    त्यही बेला, सानो बालक, जुन युद्धको बेला डरले काप्दै आमाको काख खोज्थ्यो, आज फेरि तटमा पुगेको थियो।
    उसको खुट्टामा अझै धुलो र घाउका निसाना थिए, तर आँखा चम्किरहेका थिए।
    उसले आफ्नो सानो खुट्टा समुद्रको चिसो पानीमा राख्यो।
    छालले उसलाई चुम्बन गरिरहेको थियो, जसरी आमा आफ्नो सन्तानको निधार चुमेर आशीर्वाद दिन्छिन्।

    आकाश गुलाबी थियो, त्यो गुलाबीमा कालो धुवाँ अझै पुछिइरहेको थियो, तर अब त्यो धुवाँ हट्दै गइरहेको थियो।
    बालकले आकाश हेरेर करायो:

    “हे सागर आमा, अब तिमीले हामीलाई फेरि शान्ति दिनु भएको छ!”

    त्यो आवाज समुद्रसँगै फैलियो।
    हावा त्यसलाई बोकेर लग्यो, छालहरूले त्यसलाई अँगालो हाल्यो।
    त्यो बालकको मुस्कानमा, युद्धका रातमा हराएका हजारौं मुस्कानहरू फक्रिरहेका थिए।
    कसैको बाबुको मुस्कान, कसैको आमाको मुस्कान, कसैको दिदीबहिनीको मुस्कान—सबै मुस्कान त्यो बालकको मुस्कानमा सँगै बगिरहेका थिए।

    बालकले आफ्नो हात उठायो, जसरी ऊ युद्धअघि चरा देख्दा हात हल्लाउँथ्यो।
    तर आज उसले देखेको चरा कालो धुवाँमा हराएको होइन, आकाशमा हाँस्दै उडिरहेको सेतो परेवा थियो।
    त्यो परेवा, जुन शान्तिको संकेत थियो, समुद्रतर्फ उडिरहेको थियो।

    छालले बालकको खुट्टालाई फेरि छुईरह्यो।
    त्यो छाल, जुन कहिल्यै नथाक्ने, कहिल्यै नरोकिने जीवनको प्रतीक थियो।
    आज त्यो छालले बालकको मुस्कानसँगै एउटा नयाँ लहर उठायो—
    शान्तिको लहर।

    रातको बचेखुचेको चिसो हावामा, समुद्रको निलो पानीमा सूर्यको किरण झुल्कियो।
    त्यो किरण युद्धको छायालाई काट्दै अघि बढ्यो, पानीमा सुनौलो रेखा तान्दै।
    बालकको आँखामा त्यो सुनौलो रेखा पर्‍यो, र उसले आँखा चिम्लेर सास फेरेर भन्यो:

    “अब म डराउँदिन। अब म फेरि हाँस्न सक्छु।”

    सागरले सुनेको थियो, हावाले सुनेको थियो।
    त्यसै क्षण, सागरमा एउटा नयाँ छाल आयो।
    त्यो छाल युद्धले छोडेका सबै डरहरू पखाल्दै गयो।
    जहाजहरू, जुन डर र शङ्कामा हिंडिरहेका थिए, अहिले आशाका लहरसँग हिंडिरहेका थिए।

    त्यो लहर केवल पानीको लहर थिएन, त्यो मानवताको पुनर्जागरणको लहर थियो।

    तेलअविवको कान्तारहित भवनभित्र, शीतल एयरकन्डिसनको आवाज र गहिरा सासहरूको गुञ्जन मात्रै सुनिन्थ्यो।
    इजरायलका रक्षामन्त्री काट्जले अनुहारमा कठोरता समाउँदै फाइल पल्टाए।
    उनको अगाडि, यमनका प्रतिनिधिहरूको आँखामा पीडाको छाया तर आशाको एक बिन्दु चम्किरहेको थियो।
    कागजमा उल्लेख थियो:

    मिसाइल आक्रमण तुरुन्त बन्द हुनेछन् भन्ने घोषणा केवल राजनीतिक सम्झौता होइन, युद्धले रुवाएका आमाहरूका आँखामा आशाको उज्यालो हो। जब आकाश शान्त हुन्छ, तब मात्रै बालबालिकाले डर बिना निद्रा सुत्न सिक्छन्। नागरिकहरूको सुरक्षा सुनिश्चित गरिनेछ, किनकि कुनै पनि राष्ट्रको गौरव त्यसका नागरिकहरूको सुरक्षामा निहित हुन्छ। जब जनताले सुरक्षित महसुस गर्छन्, तब मात्र उनीहरूले आफ्ना सपनाहरू बाँच्न पाउँछन्। मानवीय सहायता खोलिनेछ, ताकि युद्धले भत्काएको जीवन फेरि उठ्न सकोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, अब शान्ति र मानवता नै प्राथमिकता हुनेछ, किनकि त्यसैले मात्र हामी नयाँ पुस्तालाई उज्यालो भविष्य दिन सक्छौं।त्यो कागजको स्पर्श गाह्रो थियो।
    त्यो सम्झौता कडा थियो, किनकि शान्तिको मूल्य सस्तो हुँदैन।
    त्यो सम्झौता युद्धका वर्षौंको घाउहरू बोकेको थियो।
    तर त्यही सम्झौता अब नयाँ बिहानको ढोका खोल्दै थियो।

    तेलअविवका गल्लीहरूमा बत्तीहरू झिलिमिली थिए, तर त्यो उज्यालोले पनि आकाशमा लागेको पीडाको चिह्न मेट्न सकेको थिएन।
    रात नीलो थियो, किनकि युद्धको रातले कालो धुवाँ छोडेर गएको थियो, तर त्यो नीलोपनमा गम्भीरताको छाया मिसिएको थियो।
    हावा बगिरहेको थियो, तर त्यस हावाले पनि युद्धको गन्ध हटाउन संघर्ष गरिरहेको थियो।
    हरेक सासमा एउटा अपूरो प्रार्थना अड्किरहेको थियो—“के साँच्चै युद्ध सकियो?” भनेर।

    इजरायलका रक्षामन्त्री काट्ज आफ्नो कार्यकक्षको झ्यालबाट त्यो निलो आकाशमा नजर लगाइरहेका थिए।
    उनको अनुहार कठोर थियो, तर आँखा भित्र कतै युद्धका रातहरूले बनाएको पीडा अझै बाचिरहेको थियो।
    त्यो रात उनले पहिलो पटक शान्तिको लागि गहिरो सास फेरे।
    उनको मस्तिष्कमा हजारौं आक्रमणको आवाजहरू गुञ्जिरहेका थिए, तर त्यस आवाजलाई उनले शान्तिको सासले दबाउँदै बिस्तारै आँखाहरू चिम्ले।
    भित्रभित्रै उनले आफैंलाई भने:

    “युद्ध सकियो। अब यस आकाशमा शान्तिको रंग हुनुपर्छ।”

    सानाआका सडकहरूमा, बमबारीमा फुटेका भवनका भित्ताहरूले आज पहिलो पटक शान्तिको सास बटुलिरहेका थिए।
    महिलाहरूले आफ्ना बालबालिकाको निधारमा चुम्बन गर्दै भने,

    “आज रात हामीसँग आकाश हेर्ने समय छ।”

    पुरुषहरूले आकाशतिर हेरिरहे, हातहरू प्रार्थनामा उठाए।
    सानाआमा त्यो रात, बत्तीहरू झिलिमिली थिएन, तर आँखाहरूमा आशाको प्रकाश बलिरहेको थियो।
    कहिले लाग्थ्यो, आकाशमा उडिरहेका विमानहरूले मृत्युको बर्सात ल्याउनेछन्, तर आज आकाश खाली थियो—शान्त र स्तब्ध।
    आकाशको स्तब्धता आफैमा एउटा संगीत थियो।

     

    त्यही रात, एक सानो कोठामा अब्दुल मलिक अल-हुथी बसेका थिए।
    उनले आफ्नो भाई हुसैनको तस्बिर हेर्दै बिस्तारै आँखा चिम्लिए।
    उनको हातहरू काँपिरहेका थिए, तर त्यो काँपाइमा कमजोरी थिएन, त्यो काँपाइमा जिम्मेवारीको भार थियो।

    उनले बिस्तारै हातहरू जोडेर प्रार्थना गरे:

    “हुसैन, तिमीले देखेका सपना पूरा गर्न आज हामीले बन्दुक होइन, कलम उठायौं।
    यो युद्धको अन्त्य होस्।
    तिमीले हामीलाई आत्मसम्मानको सपना सिकायौ, तर रक्तपात होइन।
    हामीले आत्मसम्मान र करुणालाई सँगै राख्ने साहस गरेको दिन आज होस्।”

    त्यो प्रार्थना कोठाको मौनतालाई चिर्दै आकाशतिर उड्यो।
    आकाशमा एक हल्का हावा चल्यो, जसले प्रार्थनाको स्वर बोकेर रेड सीको छालहरूसम्म पुर्‍यायो।

    रेड सीको छालहरू रातभर उठिरहे।
    पानीमा चन्द्रमाको छायाँ नाचिरहेकी थिई।
    छालहरूले सानो स्वरमा लहर–लहर गर्दै तटमा आइरहेका थिए,
    तर आज ती छालहरूको लयमा मिसिन्थ्यो शान्तिको स्वर, आतंकको होइन।

    त्यो सागर, जसले युद्धका मिसाइलका आवाजहरू सुनिरहेको थियो, आज पहिलो पटक केवल आफ्नो छालको लय सुनिरहेको थियो।
    पानीमा कुनै रगतको रङ्ग थिएन, बरु चन्द्रमाको उज्यालोमा निलो लहरहरू चम्किरहेका थिए।
    पानीको हल्का हिलो पनि आज पवित्र लागिरहेको थियो, किनकि त्यसमा युद्धको छायाँ नरहेको थियो।

    छालहरू बगिरहे, आफ्नै लयमा, आफ्नै गीतमा।
    रेड सी, जसले युगौंसम्म युद्ध, हिंसा र रक्तपातको साक्षी रह्यो, आज आफ्नै शान्तिको श्वास लिइरहेको थियो।
    लहरहरू पानीका फेनहरू बोकेर, तिनीहरू तटमा आइपुग्थे र फिर्ता जान्थे, जसरी हरेक सास आउँछ र जान्छ।

    त्यस रात, जब मानिसहरू आकाशमा नजर लगाइरहेका थिए, रेड सीले आफ्नो भित्री स्वरमा भनिरहेको थियो:

    “म तिमीहरूको युद्ध बोक्न थाकिसके।
    आज मेरो छालहरू शान्तिको आवाज बन्नेछन्।
    सुन, मेरो छालको लहरमा तिमीहरूले आफ्ना प्रार्थना सुन्नेछौ।”

    चिसो हावा समुद्रको लहरसँगै बगिरहेको थियो।
    सागरको छालहरूले आफूमा चिसो हावा समाएर, युद्धका आवाजहरूलाई पानीको गहिराइमा पखालिरहेका थिए।
    हरेक लहर एउटा आवाज बोक्थ्यो—कहिले आमाको रोदन, कहिले बालकको रुवाइ, कहिले सैनिकको कराह।
    तर ती आवाजहरू अब छालसँगै बग्दै समुद्रको आत्मामा समाहित भइरहेका थिए।

    सागरले ती सबै पीडाहरू आफ्नो गहिराइमा पचाउँदै, नयाँ स्वर जन्माइरहेको थियो—शान्तिको स्वर।
    त्यो स्वर सुनिन्थ्यो हरेक छालको टकराइमा, हरेक फेनको बिन्दुमा, हरेक हावाको सासमा।

    त्यो रात, तेलअविवमा आकाश नीलो भएर पनि गम्भीर थियो।
    सानाआमा मानिसहरूले आकाशतिर हेरेर सास फेरे।
    हुथी नेता अब्दुल मलिकले बन्दुक होइन, कलम उठाउने हिम्मत गरे।
    रेड सीले युद्धका आवाज पखालेर नयाँ स्वर जन्मायो।

    र त्यो स्वर, शान्तिको स्वर, हरेक छालसँगै बग्दै थियो,
    आगामी बिहानको सूर्य उदाउनको लागि बाटो खोल्दै थियो।

    सूर्यले जब पूर्वको क्षितिज चुम्यो, आकाशका किनारहरू पहेँलो–सुनौलो रंगले रंगिन थाले।
    अस्ताएको रातले कालो धुवाँका पत्रहरू छोडेर गएको थियो, जुन आकाशका गल्लीहरूमा भट्किरहेका थिए।
    तर आज, ती पत्रहरू बिस्तारै पन्छिँदै थिए, र आकाशमा एक हल्का नीलोपन फिँजिन थालिसकेको थियो।
    सागरको लहरहरू, जो युद्धका रातहरूमा भयको सास बोकेर आउँथे, आज तिनले एउटा नयाँ सुगन्ध बोकेर ल्याइरहेका थिए—शान्तिको सुगन्ध।

    सागरको लहरहरूले बालुवालाई चुम्दै गर्दा, उनीहरू युद्धका रक्तका धब्बाहरूमा माया मिसाएर पखालिरहेका थिए।
    हरेक लहर एउटा आमा बनिरहेको थियो, जसरी आमाले आफ्ना सन्तानको घाउमा मलहम लगाउँछिन्, त्यसरी नै सागरले ती थोपाहरू पखाल्दै नयाँ किरणका लागि बाटो खोलिरहेको थियो।
    शीतल हावा सँगै चलिरहेको थियो, समुद्रको किनारमा बसेका चरा पनि चिर्किर गर्दै नाचिरहेका थिए।
    जुन ठाउँमा कहिले बमका आवाजहरू गुञ्जन्थे, आज ती ठाउँहरूमा केवल छालको कोमल धुन सुनिन्थ्यो।

    त्यो बिहानको शान्तिमा एक आन्तरिक दिव्यता थियो।
    जसरी समुद्रले आफ्नो नीलो पहिरन फिर्ता पायो, त्यसरी नै मानिसहरूले आफ्ना मनमा आशाको किरण फिर्ता पाउँदै थिए।
    यो केवल नयाँ बिहान थिएन, यो एउटा नयाँ अध्यायको शुरुवात थियो।

    लाल सागरको नीलो पानीमा जहाजहरू फेरि तैरन थाले।
    तर आज तिनीहरूका पेटीमा युद्धका हतियार होइन, खाद्यान्न, औषधि, पानीका बोतलहरू स्कुलका किताबहरू थिए।
    जहाजका कप्तानहरूको आँखामा थकाइ त थियो, तर आज त्यो थकाइसँगै एक हल्का मुस्कान मिसिएको थियो।
    किनकि अब उनीहरू मृत्यु र विनाशका सामान होइन, जीवन आशा बोकिरहेका थिए।

    जहाजहरू शान्तिको दूत बनेका थिए।
    लहरहरूले तिनीहरूलाई कोमल हल्लामा राख्दै अगाडि बढ्न प्रेरित गरिरहेका थिए।
    त्यो हल्लाइमा युद्धको त्रास थिएन, बरु शान्तिको शुभकामना मिसिएको थियो।
    जहाजमा साना बालबालिकाहरू पनि थिए, आमा-बुबासँग राहतका सामान लिनका लागि हिंडिरहेका।
    एक सानो बालिकाले आफ्ना कपालमा खसिरहेको घामको किरणलाई आफ्नो हातमा थाम्ने प्रयास गरी, अनि मुस्काई।
    त्यो मुस्कान युद्धले खोसेर लगेको हजारौं सपनाहरूको पुनर्जन्म थियो।
    कति दिनपछि पहिलो पटक उनले किताबको पाना पल्टाइन्, जहाँ चित्रहरू थिए, रंगहरू थिए, आशा थियो।
    त्यो किताबका पानामा परिरहेको घामले, एउटा युद्ध–पछिको संसारमा शिक्षा र सपनाको बीउ रोप्दै थियो।

    जहाजहरू अब केवल यात्रा गरिरहेका थिएनन्, तिनीहरू नयाँ भविष्यको बाटो खोलिरहेका थिए।
    जहाजका पाङ्ग्राहरू पानीमा घुम्दा, त्यस ध्वनिमा युद्धको गर्जन थिएन, बरु नयाँ बिहानको गीत थियो।
    समुद्रका छालहरूले ती जहाजहरूको बाटो सफा गर्दै, शान्तिको लहरसँगै अगाडि बढाइरहेका थिए।

     

    त्यो सानो बालक, जसले रातका आकाशमा रगतको रंग देखेको थियो, जसको आँखामा रातको आतंकले कहिल्यै नफुक्ने छायाँ बनाइदिएको थियो, आज फेरि समुद्रको किनारमा आइपुग्यो।
    उसका खुट्टाहरू बालुवामा ससाना छापहरू बनाउँदै हिंडे।
    सागरको लहर आइपुग्यो र उसका खुट्टाहरूमा चुम्बन गरेर फर्कियो।
    बालक मुस्कायो—त्यस मुस्कानमा सागरले आफ्नो प्रतिबिम्ब देख्यो।

    त्यो बालकले नीलो आकाशमा उडिरहेको सेतो परेवातिर हेरेर मुस्कायो।
    त्यो सेतो परेवाले आकाशको ठूलो निलो क्यान्भासमा शान्तिको हस्ताक्षर गरिरहेको थियो।
    बालकको त्यो सानो मुस्कान, एक सानो उज्यालो, समुद्रको विशाल छालसँग मिसियो।
    त्यस क्षण सागरले एउटा नयाँ लहर उठायो—शान्तिको लहर।

    बालकले आफ्नो खुट्टा पानीमा राख्दै भन्यो:

    “सागर आमा, तिमीले हामीलाई फेरि शान्ति दिनुभयो।”

    त्यो आवाज लहरहरूसँगै फैलियो।
    हावा चल्यो, हावाले त्यो सानो आवाजलाई बोकेर आकाशतिर पुर्यायो।
    कहिले आकाशमा ओझेल परेको बादल, आज त्यो आवाजको कम्पनले पन्छिन थाल्यो।
    सूर्यको किरण समुद्रमा परेर हजारौं टुक्रामा टुक्रिँदै चम्कियो।
    त्यस उज्यालोमा बालकको मुस्कान प्रतिबिम्बित हुँदै पानीमा नाच्न थाल्यो।

    त्यो क्षण, समुद्रले आफ्नो मौन भाषामा उत्तर दियो:

    “जब युद्धको क्रन्दन शान्त हुन्छ, तब शान्तिको स्वर सुन्न सकिन्छ।
    तिमीहरूका आँसु मसँगै बगिरहे, तर अब आशा पनि मसँगै बग्छ।”

    बालकको मुस्कान, सागरको नीलोपन, आकाशको उज्यालो र हावाको संगीत,
    यी सबै एकै समयमा नयाँ बिहानको साक्षी बने।
    जुन ठाउँमा कहिले युद्धका बमहरू खसेका थिए, आज त्यहाँ बालकको हाँसोको प्रतिध्वनि सुनिन्थ्यो।
    त्यो हाँसो मात्र हाँसो थिएन, त्यो भविष्यको उद्घोष थियो।
    त्यो उद्घोष थियो—शान्ति सम्भव छ।

    लाल सागरको छालहरू बिहानको हल्का सुनौलो उज्यालोमा चम्किरहेका थिए।
    रातभर घरी-घरी सुस्केरा लिँदै, कहिले शान्त, कहिले बेचैन देखिने ती छालहरूमा आज एउटा नयाँ शान्ति मिसिएको थियो।
    त्यो शान्ति कुनै सम्झौतामा मात्र सीमित थिएन, त्यो लहरभित्रै जन्मिएको थियो, युद्धका रातमा झरेका आँसुले त्यसलाई मलजल गरेका थिए।

    हावामा हल्का नुनिलो गन्ध थियो, जुन कहिल्यै हल्लिन नछाड्ने समुद्री हावा आज कोमल र न्यानो भएको थियो।
    त्यस हावामा बगिरहेको आवाज लहरसँग मिलेर सागरको कानमा फुसफुसाइरहेको थियो,

    “आज हामीले युद्धको कराह होइन, शान्तिको स्वर बोक्नुपर्छ।”

    लहरहरू तटमा आउँदा, उनीहरूले बालुवालाई चुमेर फर्किन्थे।
    हरेक पटक जब लहर तटमा ठोक्किन्थ्यो, एउटा धुन निकाल्थ्यो।
    त्यो धुनमा गहिरो आध्यात्मिकता मिसिएको थियो,
    एक अदृश्य स्वरले भनिरहेको थियो:
    युद्ध कहिल्यै समाधान होइन, शान्ति नै समाधान हो भन्ने कुरा रेड सीका लहरहरूले निरन्तर सम्झाइरहेका छन्। जब गोलीहरू बन्द हुन्छन्, तब मात्र हामीले आफ्ना बालबालिकालाई निडर भएर सास फेर्न दिने वातावरण सिर्जना गर्न सक्छौं। किनकि आत्मा नै सबैभन्दा ठूलो राष्ट्र हो, र कुनै पनि भौगोलिक सिमाना, कुनै पनि राजनीतिक सत्ता, कुनै पनि हिंसाले आत्माको स्वतन्त्रतालाई जित्न सक्दैन। आत्मा र राष्ट्रलाई सुरक्षित राख्ने एउटै उपाय करुणा र प्रेम हो, जसले मात्र हृदयलाई शुद्ध बनाउँछ, र नागरिकलाई साँचो अर्थमा स्वतन्त्र बनाउँछ। रेड सी सबैको साझा आमा हो, जसले सास फेर्न हावा दिन्छ, जीवनको यात्रा सजिलो बनाउँछ, त्यसैले यसमा रगत मिसाउनु भनेको आफ्नै आमा मार्नु जस्तै हो, मानवताको हत्या गर्नु हो। हामीले आफ्ना बालबालिकाका लागि युद्धको आगो होइन, शान्ति र आशाको दीप जलाउन सिक्नुपर्छ, ताकि उनीहरूले हाँस्ने स्वतन्त्रता पाउन्। जबसम्म हामीले आफ्ना भित्रका घृणा, अहंकार र प्रतिशोधका आगो निभाउँदैनौं, तबसम्म बाहिरी युद्ध कहिल्यै रोकिँदैन। शान्ति बाहिर होइन, भित्रबाट जन्मन्छ, र त्यो नै साँचो र स्थायी विजय हो।यी वाक्यहरूले कुनै पुस्तकको पाना होइन,
    सागरको छालले तटमा बनाएको फेनिले चित्रहरूमा लेखिएका थिए,
    र तिनीहरू हावाको संगितमा फुत्किरहेका थिए।

    त्यो लहर बालकले सुनेको थियो।
    त्यो सानो बालक, जो युद्धका रातहरूमा धमाका र आगोको रातो रङसँग डराउँदै लुकेर बसेको थियो,
    आज तटमा नाङ्गो खुट्टाले बालुवा छुँदै हिंडिरहेको थियो।
    उसको आँखामा रस थियो, तर त्यो आँसुमा आज डर थिएन, आशा थियो।

    उसले आफ्नो सानो मुटुमा हात राखेर बिस्तारै भन्यो:

    “म युद्ध नगर्नेछु। म शान्तिको बाटो हिंड्नेछु।”

    त्यसको स्वर समुद्रको लहरसँग मिसियो, लहरले त्यसलाई छोपेर सँगै बगायो।
    त्यो स्वर समुद्रमा मात्र हराएन, आकाशले पनि त्यो स्वर सुनेको थियो।
    त्यो स्वर एउटा सानो कसम थियो, जुन हजारौं युद्धले बिथोलेका सपनाहरूको पुनर्जन्म थियो।

    त्यो दिन, लाल सागरमा नयाँ इतिहास लेखियो।
    रगतले रातो बनाएको सागर, जसले सयौं मृत शरीरका छाया बोकेको थियो,
    आज शान्तिको सागरमा परिणत भयो।
    जहाजहरू, जसले कहिले हतियार र डर बोकेका थिए,
    आज राहतका सामाग्री, औषधि, किताब र पानीका बोतलहरू लिएर हिँडे।

    सागरको लहर, हावा, आकाश र मानिसहरू सबै शान्तिको यात्रामा निस्किए।
    त्यो यात्रामा कुनै डर थिएन, बरु एउटा अदृश्य उत्सव थियो।
    लहरहरूले जहाजहरूलाई अगाडि बढ्न हौसला दिइरहेका थिए,
    हावाले पाल फुलाउँदै यात्रालाई सजिलो बनाइरहेको थियो।
    सागरले जहाजका पाङ्ग्राहरू धुन्दै शान्तिको पथ सफा बनाइरहेको थियो।

    त्यस रात, चन्द्रमाले पनि आफ्नो उज्यालोमा मुस्कान मिसायो।
    चन्द्रमाको उज्यालोले समुद्रमा चमक ल्यायो,
    र ती छालहरूमा सुनौलो झिलिमिली झल्कियो।
    जुन ठाउँमा बमको आवाज सुनिन्थ्यो,
    त्यो ठाउँमा आज छाल र हावाको संगितले निन्द्रा झुलाइरहेको थियो।
    सागरको लहरहरूले रातको कालो बादल पन्छाउँदै,
    आकाशलाई शान्तिको ब्लाङ्केट ओढाइरहेका थिए।

    त्यो सानो बालक, जसले युद्धका रातहरूमा आकाशमा आगोको रङ देखेको थियो,
    आज बिहान आफ्नो सानो झोला बोकेर समुद्रको किनारमा हिंडिरहेको थियो।
    झोलामा उसको स्कुलको कापी थियो, जसको पानामा कहिल्यै पोको पर्दै नगरेको थियो।
    त्यो कापीका पानाहरूमा आकाशको उज्यालो परिरहेको थियो,
    जसरी भगवानको आशीर्वाद परिरहेको होस्।

    उसको हातमा एउटा पुरानो काठको जहाजको खिलौना थियो।
    त्यो जहाजको रंग फाटिसकेको थियो, कुनै ठाउँमा घाउ परेका मानिसका अनुहारजस्ता देखिन्थे।
    उसले त्यसलाई लहरमा छोड्यो।
    लहरले उसलाई पछाडि फर्काएर ल्यायो।
    त्यो बालकले त्यसलाई फेरि छोड्यो।
    फेरि लहरले फर्कायो।

    त्यस क्षण बालक हाँस्यो।
    त्यो हाँसोमा कुनै डर थिएन, कुनै पीडा थिएन।
    त्यो हाँसोमा केवल आशा थियो, एउटा निश्चल मुस्कान।

    उसले हाँस्दै भन्यो:

    “अब तिमी डराउनु पर्दैन, सागर आमाले तिमीलाई रक्ष गर्नेछिन्।”

    त्यो खिलौना जहाज, जसरी बग्दै थियो,
    त्यससँगै बालकका साना सपनाहरू बगिरहेका थिए।
    सपनाहरू पढ्न पाउने अधिकारका थिए।
    सपनाहरू आमासँग पुनः निन्द्रामा सुतेर उठ्ने अधिकारका थिए।
    सपनाहरू हाँस्ने स्वतन्त्रताका थिए।
    सपनाहरू शान्तिका थिए।

    लहरले त्यो जहाजलाई अलिक पर पुर्यायो,
    जहाँ सूर्यको किरण समुद्रमा परेर सुनौलो रेखाहरू बनाइरहेका थिए।
    त्यो सुनौलो पानीमा जहाज बग्दै गर्दा, त्यसले एउटा नयाँ पथ बनाइरहेको थियो।
    त्यो पथ शान्तिको पथ थियो।

    तेलअविवमा साँझ परिरहेको थियो। आकाशको गाढा निलोमा सुनौलो सूर्यको किरणहरू हराउँदै गर्दा, शहरका सडकहरूमा गाडीहरूको आवाज पनि शान्त हुँदै गएको थियो।
    त्यही शान्त वातावरणमा, शहरको एक कडा सुरक्षा घेराबन्दी गरिएको कङ्क्रिट हलभित्र, इजरायल, यमन, साउदी अरब, इजिप्ट, यूएईका प्रतिनिधिहरू शान्त तर गम्भीर अनुहारमा बसेका थिए।

    कक्षामा बाक्लो हावा थियो।
    कोही कसैले पानीको गिलासमा औँला घुमाइरहेका थिए, कोही नोटबुकको पाना पल्टाइरहेका थिए, तर सबैको आँखामा एउटै कुरा थियो— शान्तिको अपेक्षा।

    इजरायलका रक्षामन्त्री काट्जले हल्को स्वरमा भने, तर त्यो स्वरमा गम्भीरता मिसिएको थियो:

    “हामीले पनि धेरै खोयौं। धेरै आमाहरूले छोराहरू गुमाए, धेरै बाबुहरूको काँध सुनसान भयो।
    तर शान्तिले मात्र नयाँ पुस्तालाई जीवन दिन सक्छ।
    हामी बन्दुकभन्दा कागजमा सम्झौता गर्न तयार छौं।”

    सानाआबाट आएका यमनका प्रतिनिधि, जसका आँखामा रातभरको निद्रा अभाव र युद्धका छाया थिए, बिस्तारै आँसु पुछ्दै बोले:

    “हामीले युद्धको भयानक मूल्य चुकायौं।
    तर अब हाम्रो बालबालिकालाई शान्ति चाहिन्छ।
    हामी संघर्ष रोक्न र मानवताका लागि हात मिलाउन तयार छौं।”

    त्यो शब्दहरूको धुन हलभर गुञ्जियो।
    त्यसपछि सबैले कागजमा हस्ताक्षर गरे—
    रक्तपात रोकिने, राहत सामाग्री स्वतन्त्र पुग्ने, रेड सी शान्त पारिने, नागरिकलाई प्राथमिकता दिने सम्झौता।

    त्यो सम्झौतामा कुनै ताली बजेन, तर सबैको आँखामा राहतका आँसु चम्किए।
    कसैले नफुक्किएको लामो सास फुक्दै हल छाडे, र त्यो सासमा युद्धको भार अलिक हल्का भएको महसुस भयो।

     

    हस्ताक्षर भएको भोलिपल्टै, यमनका बन्दरगाहहरू फेरि खुल्न थाले।
    हुदेइदाह र एडेनको किनारामा जहाजहरू आउन थाले, जसमा हतियारका बाकस होइन,
    चामल, पानी, औषधि, स्कुलका किताबहरू, टेन्ट र आशा भरिएका बाकसहरू थिए।

    जहाजबाट राहत सामग्री ओर्लँदै गर्दा, त्यहाँका मानिसहरूले चिसो हावामा लामो सास फेरे।
    विनाश भएका गल्लीहरूमा फेरि बालबालिकाहरू फुटबल खेल्न थाले।
    जहाँ कहिले हावा बन्दुकको आवाजले चिरेको थियो, अहिले हावा बालबालिकाको हाँसोले चिरिरहेको थियो।

    एउटा स्कुल भवन, जसको पर्खालमा गोलीका छिद्रहरू थिए,
    त्यसमा अब रंग पोतिँदै थियो।
    पुराना पर्खालहरूमा नीलो, पहेंलो, हरियो रंगहरू पोतिँदै गर्दा,
    त्यहाँका बालबालिकाहरू आँखा चम्काउँदै भन्दै थिए:

    “अब हामी पढ्न पाउँछौं।”

    एक महिलाले नयाँ बनाइएको घरको छतमा उभिएर निलो आकाशमा हेर्दै भनिन्:

    “हामीले धेरै हरायौं, तर जीवन हराएको छैन।
    जबसम्म हामीसँग आत्मा छ, तबसम्म हामीसँग आशा पनि छ।”

    त्यो आकाश अझै नीलो थियो, तर आज निलो आकाशलाई हेर्दा डर होइन, उत्साह लागिरहेको थियो।

    त्यो सानो बालक, जसले कहिल्यै हतियारको आवाज बिना निद्रा नपाएको थियो,
    अब स्कुल फर्किएको थियो।

    उसले नयाँ कापी र कलम हातमा लिएर पहिलो पाना खोल्दा, त्यो पानामा सूर्यको किरण परिरहेको थियो।
    शिक्षकले मुस्काउँदै सोधिन्:

    “तिमी के बन्न चाहन्छौं?”

    बालकको आँखा चम्कियो।
    उसले सास फेरेर भन्यो:

    “म सैनिक बन्न चाहन्न।
    म डाक्टर बन्न चाहन्छु।
    ताकि युद्धले घाइते बनाएकाहरूलाई उपचार गर्न सकूँ।”

    शिक्षकको आँखामा आँसु आयो।
    आँसुको थोपाले कक्षाको चिसो हावामा एउटा सन्देश छाड्यो—
    युद्धले शरीर मात्र होइन, आत्मालाई पनि घाइते बनाउँछ।

    तर त्यो बालकको सपना नै नयाँ शिक्षा थियो—
    शान्तिको लागि बाँच्ने, प्रेमका लागि संघर्ष गर्ने, मानवताको रक्षा गर्ने।

    लाल सागरको किनारमा सूर्य अस्ताउँदै थियो।
    आकाश रातो, सुनौलो र नीलो रंगले मिसिएको थियो,
    त्यस रंगमा युद्धको रक्तरङ मात्र थिएन, शान्तिको आशा पनि मिसिएको थियो।

    एक वृद्ध व्यक्ति, जसले आफ्नो जीवनको धेरै समय युद्धमा गुजारेका थिए,
    आज हातमा एउटा सानो ढुङ्गा लिएर लहरमा फाले।
    त्यो ढुङ्गा पानीमा खस्यो र तरंगहरू बनायो।

    वृद्धले लहरलाई हेर्दै बिस्तारै भने:

    “तिमीहरूलाई थाहा छ, जब एउटा सानो ढुङ्गा पानीमा खस्छ, त्यसले तरंगहरू पैदा गर्छ।
    त्यसरी नै हाम्रो एउटा सानो करुणा, प्रेम, र माफीले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”

    त्यो तरंगहरू फैलिँदै गए, लहरसँगै समुन्द्रमा मिसिँदै।
    हावाले त्यो विचार बोकेर किनारका मानिसहरूमा पुर्यायो।
    र ती लहरहरू प्रत्येक पटक तटमा ठोक्किँदा एउटा अदृश्य स्वर गुञ्जिन्थ्यो:

    “करुणा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”

    त्यो बिहान सागरको किनारमा हल्का गुलाबी र सुनौलो आभा फैलिएको थियो।
    हावा शान्त थियो, हिजोका दिनहरूमा जहिले मिसाइलका आवाजले आकाश चिरेको हुन्थ्यो, आज त्यो आकाश निलो कपडाझैँ फैलिएको थियो।

    त्यो सानो बालक, कहिले बन्धक जहाजमा थुनिएको, कहिले आकाशको रक्तरङ देखेर डराएको,
    आज आफ्नो सानो पाइला राख्दै रेड सीको किनारमा दौडेर गएको थियो।

    उसका खुट्टाले तातो बालुवामा सानो सानो गहिराइ छोड्दै गर्दा,
    सागरको लहरहरूले त्यो गहिराइलाई चुम्दै गएको थियो,
    जसरी आमा आफ्ना बच्चालाई बिझेको ठाउँमा हल्का फुकिदिन्छिन्,
    त्यसरी नै लहरहरूले बालकको पाइला चुम्दै गइरहेका थिए।

    बालकको हातमा एउटा सानो काठको जहाजको खिलौना थियो।
    त्यो जहाज उसले कहिले बन्धक जहाजमा आफूसँगै लुकाएर राखेको थियो,
    जसलाई उसले युद्धका रातहरूमा निलो आकाश हेर्दा छातीमा राखेर सम्हालेको थियो।

    बालक समुद्रको पानीमा उभिएर आकाशतिर हेर्दै मुस्कुरायो।
    सूर्य, जुन कहिले रक्तरङ देखिन्थ्यो,
    आज सुनौलो उज्यालो लिएर उदाएको थियो।

    बालकले आँखा अर्धबन्द गर्दै, सानो स्वरमा भन्यो:

    “सागर आमा, अब म डराउँदिन।
    किनकि अब मसँग आशा छ।”

    त्यो आवाज लहरहरूसँगै फैलियो।
    लहरहरू बालकको खुट्टामा चुम्बन गर्दै फर्किन्थे,
    जसरी कहिले बालकले आमाको हात चुम्थ्यो,
    त्यसरी नै सागरले उसको आशालाई अँगाल्दै गएको थियो।

    बालकको सानो छायाँ, पानीको सतहमा हल्का हल्लिरहेको थियो।
    त्यो छायाँ कुनै डरको छायाँ थिएन,
    त्यो आशाको छायाँ थियो,
    जहाँ उसको मुटुको धड्कन समुद्रको छालसँग मिसिएको थियो।

    लहरले बालकको छायाँलाई खिचेर लग्थ्यो,
    फेरि फिर्ता ल्याउँथ्यो,
    जसरी सागरले हजारौं वर्षदेखि अनेकौँ आत्माहरूको कथा बोकेको थियो,
    आज उसले यो बालकको आशालाई पनि अँगालेर राखेको थियो।

    त्यही बिहान, रेड सीको निलो पानीमा जहाजहरू फेरि तैरिरहेका थिए।
    तर आज ती जहाजहरूले बारुदका बाकसहरू, बन्दुक र बमहरू बोकेर हिंडिरहेका थिएनन्।
    आज उनीहरूका पेटीहरूमा चामलका बोरा, औषधिका बाकसहरू, पानीका ट्याङ्करहरू, स्कुलका किताबहरू थिए।

    जहाजका कप्तानहरू हेरिरहेका थिए—
    सामुन्ने निलो सागर, माथि निलो आकाश, र छेउमा शान्त किनारमा दौडिरहेको बालक।
    जहाजहरू हिंडिरहेका थिए, तर हरेक चालमा शान्ति र पुनर्निर्माणको सन्देश बोकेर।

    जहाजमा एउटी आमा, आफ्नो बच्चालाई काखमा राखेर समुद्र हेरिरहेकी थिइन्।
    बच्चाले आमालाई सोध्यो:

    “आमा, अब बमको आवाज आउँदैन?”

    आमाले मुस्कुराउँदै भनिन्:

    “हो बाबु, अब बमको आवाज होइन, लहरहरूको गीत सुन्न पाउनेछौं।”

    त्यो आवाज लहरहरूसँगै फैलियो—शान्तिको गीत।

    त्यो दिन सागर शान्त थियो,
    तर त्यो शान्तिमा एउटा गहिरो संगीत लुकेको थियो।

    लहरहरू किनारमा आएर छुनु, फिर्ता जानु,
    फेरि आउनु र बालुवामा कोरिएका पाइला पखाल्नु,
    त्यो सबैमा एक किसिमको शुद्धता थियो।

    त्यो लहरहरूको संगीत एउटा मौन भाषामा, तर गहिरो आत्मामा पुग्ने स्वरमा बोलिरहेको थियो। युद्धका बाँकी गन्धहरू पखाल्दै, लहरहरूले शान्ति मात्र समाधान हो भन्ने सत्यलाई स्मरण गराइरहेका थिए। जब लहरहरू तटमा आउँथे, तिनले आत्मा नै सबैभन्दा ठूलो राष्ट्र हो भन्ने कुरा फुकफुकेको आवाजमा बताइरहेका थिए। किनकि कुनै झण्डा, कुनै सीमाना, कुनै घेराबारभन्दा ठूलो हाम्रो आत्मा हो, जसलाई केवल करुणा र प्रेमले मात्र सुरक्षित राख्न सक्छ। जब कुनै राष्ट्रमा युद्ध हुन्छ, त्यसको पीडा केवल भूगोलको सीमामा सीमित हुँदैन, त्यो हरेक आमाको हृदयमा पुग्छ, हरेक बालकको निद्रामा पुग्छ, र हरेक सागरको लहरमा पुगेर करुणाको क्रन्दन गर्छ। लाल सागर सबैको साझा आमा हो, त्यसमा रगत मिसाउनु भनेको मानवताको हत्या गर्नु हो, अनि जबसम्म हामी भित्रको अहंकार, घृणा, र प्रतिशोधको युद्ध जित्दैनौं, तबसम्म बाहिरी युद्ध रोकिँदैन। लहरहरूको संगीतले भनिरहेको थियो—हामीले हाम्रा बालबालिकाका लागि आगो होइन, आशा राख्न सिक्नुपर्छ, किनकि आशा नै नयाँ बिहानको रश्मि हो, जुन सागरका नीलो लहरहरूमार्फत हरेक मुटुमा उज्यालो बन्न पुग्छ। युद्धका चित्कारलाई शान्तिको लहरले शान्त पार्नका लागि, हामीले भित्रैदेखि करुणा र प्रेमका लहरहरू जन्माउनु पर्छ। यसरी मात्र युद्धको रगत बगिरहेको लाल सागर एकदिन शान्तिको निलो सागरमा परिणत हुनेछ, जहाँ बालबालिकाका मुस्कानहरू, आमाहरूका सासहरू, र पिताहरूका परिश्रमहरूले नयाँ इतिहास लेख्नेछन्।बालकले त्यो लहरहरूको आवाज सुन्यो।
    उसका आँखा रसाइरहेका थिए, तर आज त्यो आँसुमा डर थिएन, आशा थियो।

    बालकले आफ्नो सानो मुटुमा हात राख्यो।
    उसले गहिरो सास फेरेर निलो सागरतिर हेर्दै भन्यो:

    “म युद्ध नगर्नेछु।
    म शान्तिको बाटो हिंड्नेछु।”

    त्यसको स्वर हावामा मिसियो।
    हावाले त्यो स्वर बोकेर सागरमाथि फैलायो,
    लहरहरूले त्यो स्वरलाई अँगालेर किनारदेखि पारीसम्म पुर्याए।
    पानीका थोपाहरूले त्यो आवाजलाई राखे,
    र सूर्यको किरणले त्यो आवाजमा सुनौलो चमक मिसायो।

     

    त्यो बिहान, सागरले एउटा नयाँ लहर जन्मायो।
    त्यो लहर शान्तिको लहर थियो।
    त्यो लहरमा युद्धले हराएका सपनाहरू फर्किरहेका थिए।
    त्यो लहरमा आमाहरूका आशा फर्किरहेका थिए।
    त्यो लहरमा बालबालिकाहरूको हाँसो फर्किरहेको थियो।

    जहाँ कहिले हतियारका आवाजले सागरको लहर चिरिएको थियो,
    आज त्यही लहर बालबालिकाहरूको हाँसो बोकेर किनार छुँदै थियो।

    युद्धको धुवाँ पन्छियो,
    रगतले रंगिएको सागर फेरि निलो भयो,
    जहाजहरू युद्धका हतियार होइन, राहत र शिक्षा लिएर हिंड्न थाले,
    र बालकहरूको मुस्कानले समुद्रलाई फेरि जीवन्त बनायो।

    सागरको लहरहरूले जुन गीत गाए, त्यो युद्धको अन्त्यको गीत थियो।
    त्यो गीतले सम्झायो—
    जबसम्म हामी भित्रको द्वन्द्व जित्दैनौं, बाहिरी द्वन्द्व कहिल्यै रोकिँदैन।

    त्यो सानो बालकको आँखा आशाले चम्किएको थियो,
    उसको हातले जब सागरको पानी छोयो,
    त्यही क्षण सागरमा नयाँ लहर उठ्यो— शान्तिको लहर।