एक वर्षको अवधिमा ८ लाख ३९ हजार वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति - Chaitanya News
  • 2026-05-30
  • 21:11:17
  • शनिबार,जेठ १६, २०८३
  • एक वर्षको अवधिमा ८ लाख ३९ हजार वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति

    एक वर्षको अवधिमा ८ लाख ३९ हजार वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति

    काठमाडौँ– गत आर्थिक वर्ष २०८१–०८२ मा नेपालबाट वैदेशिक रोजगारीको लागि ८ लाख बढि श्रम स्वीकृति प्रदान भएको छ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार वैदेशिक रोजगारीको लागि कूल ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति उपलब्ध गराइएको हो।

    यसमा नयाँ श्रम स्वीकृति ५ लाख ५० हजार रहेको छ भने पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार रहेको छ। वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नयाँ ६० प्रतिशत र पुनः श्रम स्वीकृति ४० प्रतिशत रहेको मन्त्रालयले जनाएको हो।

    अघिल्लो आवमा वैदेशिक रोजगारका लागि कूल १ हजार ७७५ जना मेनपावर व्यवसायी रहेकोमा आव २०८१–०८२ मा १ हजार ६९ व्यवसायीहरु सक्रिय रहेका छन्।