आयोगले बुझायो राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन - Chaitanya News
  • 2026-08-25
  • 19:42:27
  • मंगलबार,भाद्र ०९, २०८३
  • आयोगले बुझायो राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन

    आयोगले बुझायो राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन

    काठमाडौं– निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ। बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।