आव २०८२–८३ को पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार - Chaitanya News
  • 2026-05-30
  • 21:12:48
  • शनिबार,जेठ १६, २०८३
  • आव २०८२–८३ को पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

    आव २०८२–८३ को पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

    काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन सेयर बजारमा बजारमा उच्च वृद्धि भएको छ । आज (बिहीबार) सेयर बजारमा ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ।

    सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ। २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो। आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो।

    सबै समूहका सूचक बढेका छन्। अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ १.७६, विकास बैंक १।९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे।

    तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

    इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो। माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो।

    आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे। बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ।