सरकारले नागढुंगा सुरुङका लागि जापान सरकारबाट थप ५ अर्ब ३० करोड ऋण लिइने - Chaitanya News
  • 2026-05-30
  • 21:06:34
  • शनिबार,जेठ १६, २०८३
  • सरकारले नागढुंगा सुरुङका लागि जापान सरकारबाट थप ५ अर्ब ३० करोड ऋण लिइने

    सरकारले नागढुंगा सुरुङका लागि जापान सरकारबाट थप ५ अर्ब ३० करोड ऋण लिइने

    काठमाडौँ– सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ।

    सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ।