छाउ गोठमै कहिलेसम्म गुमाउने ज्यान ? - Chaitanya News
  • 2026-05-03
  • 02:01:38
  • शनिबार,बैशाख १९, २०८३
  • छाउ गोठमै कहिलेसम्म गुमाउने ज्यान ?

    छाउ गोठमै कहिलेसम्म गुमाउने ज्यान ?

    काठमाडौं– कञ्चनलपुरमा फेरि छाउ गोठमा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ।

    कृष्णपुर नगरपालिका१ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउ गोठमा सुतिरहेको अवस्थामा शनिबार ज्यान गएको हो।

    मेरो पराण जानै लाग्यो। म मर्नै लागेँ,अध्यारो छाउ गोठको चिसो भूँइमा रातभरको क्रन्दन थियो होला कमलाको। तर, त्यो चित्कार कसैले सुनेन। छाउ गोठको चार कुनामै बिलिन भयो।

    उनले परिवारलाई खबर गर्न कति प्रयास गरिहोलिन्। तर, त्यो बेर्थ बन्यो। बाहिरबाट सलबलाउँदै भित्र पसेको सर्पले कमलालाई डस्यो। त्यसपछि उनले एक्लै मृत्युसँग सामना गरिन्। उनले जित्न सकिनन्। हारिन्। र, छाउ गोठमै प्राण त्यागिन्।

    छाउ गोठले फेरि एउटा चेलीको सपना लुट्यो, जवानी लुट्यो। अन्धो समाज रमिते बनेर हेरिरह्यो। र, मिडियामा आदर्शका कुरा फैलाईरह्यो।

    छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथा हो। जुन अझै कायमै छ। महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ।

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ।

    यस्तै गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान पनि चलाएको थियो। महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो।

    अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए। स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए तापनि महिलाहरू भने महिनावारी हुँदा गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न रोकिएको छैन्। घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेको छैन।

    लाग्नेहरुलाई त लाग्छ होला, यो त सामान्य कुरा हो। छाउगोठमा बसेका कतिमय महिला बलत्कारमा पर्छन्। कतिपय सर्पले डसेर मर्छन्। यो नौलो विषय होइन। नेता, गन्यमान्य, समाजसेवी, धामी यिनिहरुलाई सामान्य लाग्यो होला। सबैलाई नौलो नलाग्ने तर बारम्बार दोहोरिने यस्ता घटनाले मन पोलेको छ। साँच्चिकै पोलेको छ।

    महिनावारी प्राकृतिक प्रक्रिया हो, योविना सृष्टि धानिँदैन। यो पनि थाहा छ। महिनावारीका बेला गोठमा बस्ने कुरा लज्जाको विषय हो। अब पनि गोठमा बस्दा, छोरी, बुहारीलाई गोठमा बसाउँदा लाजैमर्नु हुन्छ भन्ने सबैलाई थाहा छ। त्यसैले उनीहरू आफूहरू गोठमा बसेको खुलेर सुनाउँदैनन्। तर, गोठमा बस्न पनि छोड्दैनन्।

    अर्कोतर्फ किशोरी र महिलालाई बारम्बार तालिम दिइएको छ। महिनावारी प्राकृतिक प्रक्रिया हो। यो लाजको कुरा होइन, गर्वको विषय हो। बरु छाउगोठमा बस्नु लाज हो। फेरि उता धामीहरुले धम्कीसहित भन्छन्९ महिनावारी हुँदा छोईछिटो गरे पाप लाग्छ। सत्यानास हुन्छ। कूलदेवता रिसाउँछन्। केके हो, केके। त्यसैले महिलाहरु धामीका अघि न छाउगोठको बिरोध गर्न सक्छन्। न हाम्राअघि छाउ बार्दिन भन्न सक्छन्। किनकि बाँच्नु त फेरि उही समाजमा छ।

    छाउपडी अन्त्यमा सरकारी, गैह्रसरकारी करोडौं रकम सकिएको छ। तर, समाज सोचे अनुरुपले सुधारिएन। कारण हामीले गन्यमान्य र पुरुषहरुलाई कम तालिम दियौं, उनीहरुको प्रतिवद्धता कम लियौ। जति महिलाहरुलाई दिएका छौं। त्यसैले अहिलेसम्म भएका गल्ती नदोहोरिन एउटा फरक अभियान चलाउनुपर्छ। अब अभियान चलाउदा महिलाहरु मात्रै होईन् गाउका धामि–झाक्रि, ठुलावडा, मान्यजन्य सबैलाई यो तालिमको आवश्यक भएकाले उनिहरुलाई पनि तालिक दिनुपर्छ।

    नियममा बाँधेर हुन्छ वा कडा कानुन बनाएर वा चेतनाको स्तर बढाएर पहिले धामीहरुले मनैदेखि स्वीकार गर्नुपर्छ कि महिनावारी पापको विषय होइन। सायद समाजका गन्य(मान्य र धामी(झाक्रीले यो कुरा स्वीकार गरे भने प्रत्येक महिना केही थान कपडाको पाको बोकेर गोठ दौडिने क्रम अन्त्य हुने थियो किरु