पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत - Chaitanya News
  • 2026-05-30
  • 21:06:05
  • शनिबार,जेठ १६, २०८३
  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो।

    यस्तै उपकुलपति प्रा. डा. बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

    सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ।