सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-07-17
  • 04:32:03
  • बिहिबार,आषाढ ३२, २०८३
  • सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो।

    यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।