काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट - Chaitanya News
  • 2026-05-30
  • 22:09:11
  • शनिबार,जेठ १६, २०८३
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। आज (आइतबार) बसेको १७ औँ नगर सभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

    २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।

    बजेट ल्याउनुअघि मेयर बालेन्द्र साह ९बालेन० ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो।