थप ५० अर्ब उठाउँदै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-05-30
  • 22:09:00
  • शनिबार,जेठ १६, २०८३
  • थप ५० अर्ब उठाउँदै नेपाल राष्ट्र बैंक

    थप ५० अर्ब उठाउँदै नेपाल राष्ट्र बैंक

    काठमाडौँ– आज (आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो।

    राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ।

    सावाँ तथा ब्याज भुक्तानी आगामी साउन १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    बैंकिङ प्रणालीमा तरलता बढेसँगै राष्ट्र बैंकले निरन्तर रूपमा तरलता उठाउँदै आएको छ।