काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्।
आज (शुक्रबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले बजेट मार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको समेत बताए।
मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्।
अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए।