सरकार, युवा र महिला उद्यमी मिलेर सफलता हासिल गर्नुपर्छ : प्रधानमन्त्री आली - Chaitanya News
  • 2026-05-30
  • 22:09:00
  • शनिबार,जेठ १६, २०८३
  • सरकार, युवा र महिला उद्यमी मिलेर सफलता हासिल गर्नुपर्छ : प्रधानमन्त्री आली

    सरकार, युवा र महिला उद्यमी मिलेर सफलता हासिल गर्नुपर्छ : प्रधानमन्त्री आली

    ललितपुर– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्।

    आज (शुक्रबार) महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन उनले यस्तो बताएका हुन् । यस्तै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा समेत जोड दिए।

    प्रधानमन्त्रीले भने “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्त्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ।”,‘हामीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ। तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ। नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ।