‘रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो’ : कृषि मन्त्री अधिकारी - Chaitanya News
  • 2026-06-02
  • 13:10:02
  • मंगलबार,जेठ १९, २०८३
  • ‘रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो’ : कृषि मन्त्री अधिकारी

    ‘रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो’ : कृषि मन्त्री अधिकारी

    काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन्।आज (बुधवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको उनले तर्क गरे।

    हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ,’ उनले भने।

    मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्छ र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ।

    उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

    ‘आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘आजको हाम्रो पूँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छौं।