रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड - Chaitanya News
  • 2026-06-02
  • 13:08:11
  • मंगलबार,जेठ १९, २०८३
  • रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड

    रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड

    काठमाडौं– जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ।

    एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो। यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

    योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो। गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको। नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो। यो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो।

    यो अवधिमा ४ लाख ५२ हजार ३२४ ले श्रम स्वीकृति र ३ लाख ८ हजार ६७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।