काठमाडौँ– नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगाएको छ। रसुवा जिल्लाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो।
बिहान सवा ३ बजेको बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक सयौँ इभी गाडी पनि बगाएको सूचना प्राप्त भएको छ। त्यहाँ मालवाहक गाडी र चालकहरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ।
यस प्राकृतिक विपत्तिले ठुलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ।