बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने - Chaitanya News
  • 2026-06-02
  • 13:09:13
  • मंगलबार,जेठ १९, २०८३
  • बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने

    बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने

    काठमाडौँ– नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ।

    यसअघि बैंकहरूलाई डिबेञ्चर जारी गर्ने बाटो मात्रै खुला थियो। त्यसले सहायक पुँजीकोषको काम गर्ने भए पनि बैंकहरू प्राथमिक पुँजीकोषमा कमजोर रहँदै आएका थिए। यसलाई समाधान गर्न बैंकहरूलाई हकप्रद सेयर वा एफपीओ जारी गर्नुपर्ने अवस्था थियो।

    यहाँ अभिमोच्य सेयर भन्नाले एक पटक जारी गरिएको शेयर डिबेञ्चरजस्तो फिर्ता नभई शेयरजस्तै फिर्ता नहुने खालको समाचारलाई जनाउँछ। त्यस्तै, असञ्चित असञ्चिति सेयर भन्नाले कुनै वर्ष बैंकले लाभांश दिन नसक्ने अवस्था भएमा अर्को वर्ष जोडेर दिनु नपर्ने अवस्थालाई जनाउँछ।

    निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्कासनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछ जनाइएको छ । यसको मूल्य १०० रुपैयाँ कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।