किसानलाई सहजरुपमा रासायनिक मल वितरण गर्न सरकारलाई समितिको निर्देशन - Chaitanya News
  • 2026-06-02
  • 13:10:02
  • मंगलबार,जेठ १९, २०८३
  • किसानलाई सहजरुपमा रासायनिक मल वितरण गर्न सरकारलाई समितिको निर्देशन

    किसानलाई सहजरुपमा रासायनिक मल वितरण गर्न सरकारलाई समितिको निर्देशन

    काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सहज रूपमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ।

    आज (आइतबार) बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको हो।

    बैठकले स्थानीयस्तरमा रासायनिक मलको आवश्यकता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रासायनिक मलको भण्डारण स्थल निर्माण गर्न समेत निर्देशन दिएको छ।

    नेपालमा रासायनिक मलको सहज, सुलभ र गुणस्तरीय आपूर्ति तथा बिक्री वितरणको सुनिश्चितताका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रासायनिक मलको आयातको कोटा वृद्धिको मागलाई समेत ध्यान दिन निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए।