काठमाडौँ– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ। नाडाले आयोजना गर्न लागेको नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाडाका अनुसार अटो शो मा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटाभन्दा बढी स्टल रहने छन्। यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ। नाडा अटो शो को टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनी रहनेछ।
वि.सं.२०५५ मा सुरु भएको नाडा अटो शो २०८२ सम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको छ। जसले नाडा अटो शो प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।