पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी, एक जनाको मृत्यु - Chaitanya News
  • 2026-06-03
  • 10:46:46
  • बुधबार,जेठ २०, २०८३
  • पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी, एक जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट बर्दियामा ७३ वर्षीया वृद्धाको मृत्यु समेत भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बर्दिया बाँसगढी नगरपालिका जुरैनाकी ७३ वर्षीया महिलाको आगो ताप्ने क्रममा कपडामा सल्किएर ज्यान गएको हो।

    आगलागीबाट उदयपुर बेलका नगरपालिका झाखर टोलका एक पुरुष ग्वालीमा लगाइएको घुरको आगो निभाउँदा घाइते भएका छन्। यस्तै, सबै १४ आगलागीका घटनामा करिब साढे ३० लाख रुपैयाँको सम्पति क्षति भएको जनाइएको छ।