फेरि बढ्यो अन्डाको भाउ, क्रेटको कति ? - Chaitanya News
  • 2026-06-02
  • 14:25:03
  • मंगलबार,जेठ १९, २०८३
  • फेरि बढ्यो अन्डाको भाउ, क्रेटको कति ?

    फेरि बढ्यो अन्डाको भाउ, क्रेटको कति ?

    काठमाडौं– १० दिनअघि बढेको अन्डाको फेरि बढाइएको छ।

    नेपाल लेयर्स कुखुरापालक संघले भोलि (शुक्रबार)देखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।

    संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ। मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ।

    संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए।