गृहमन्त्रीसमक्ष शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’ - Chaitanya News
  • 2026-06-02
  • 14:25:03
  • मंगलबार,जेठ १९, २०८३
  • गृहमन्त्रीसमक्ष शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

    गृहमन्त्रीसमक्ष शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन्।

    जिल्ला प्रशासन कार्यालय पुगेर आज (बिहीबार) शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन समेत दिए।

    गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

    उनले भने, “गृहमन्त्रीलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छौँ। उहाँले विपद् पूर्व तयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ।

    गृहमन्त्री लेखक तीन दिने भ्रमणका लागि बुधवार बैतडी गएका हुन् । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

    सय, डेढ सय छन् र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउँछ ।’