बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन : सचिव घिमिरे - Chaitanya News
  • 2026-06-02
  • 14:25:33
  • मंगलबार,जेठ १९, २०८३
  • बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन : सचिव घिमिरे

    बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन : सचिव घिमिरे

    काठमाडौँ– अर्थ मन्त्रालयका अधिकारीहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी नरहेको बताएका छन्।

    आज (बिहीबार) संसद्को अर्थ समितिमा बाफिया विधेयकमाथि भएको छलफलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले दुई वर्षअघि सरकारले पेस गरेको विधेयक डेट एक्सपायर हुनसक्ने बताए।

    एउटै विधेयकबाट समग्र अर्थतन्त्र चलायमान बनाउन सम्भव नरहेको उनको भनाइ छ। उनका अनुसार संस्थागत सुशान कायम गर्न सबैको ध्यान जानुपर्छ। त्यसमा वाफियाले सम्बोधन गरेको छ। उदासीनताको मानसिकताबाट कसरीमाथि उठ्न सकिन्छ भन्ने अर्थ मन्त्रालयले छलफल गरिरहेका उनले बताए।

    ‘बाफियामा धेरै समेट्न कोसिस भएको छ। दफाबारबाट पनि अझ समेट्न सकिन्छ तर बाफिया मात्रैले सबै कुरा समेट्न सक्दैन। अरू पनि कानुनहरू बन्दै छन् । जस्तै, सम्पत्ति व्यवस्थापनका कानुन बनाउन लागिरहेका छौँ। विदेशमा लगानी गर्ने कानुनलाई आधार बन्दै लगानी प्रतिबन्ध गरिएको हो । त्यसमा पनि कति खुला गर्ने छलफल भइरहेको छ, यसबारे नीति व्यवस्था हुँदैछ। नेपाल राष्ट्र बैंक ऐनलाई समेत समसामयिक बनाउन लागिएको छ । दुई दर्जन कानुनहरू संशोधन गरेर लगानीको वातावरणलाई सुधार गर्दैछौं,’ राजस्व सचिव घिमिरेले भने।