तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर - Chaitanya News
  • 2026-07-17
  • 20:34:01
  • शुक्रबार,साउन ०१, २०८३
  • तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर

    तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर

    काठमाडौँ– नेपालमा पहिलो पटक हेलिकप्टर आयात भएको छ। तातोपानी भन्सार नाका हुँदै पहिलो पटक नेपालमा हेलिकप्टर आयात भएको हो ।

    माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो।

    उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो। त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो।