आगामी आव ‘आन्तरिक रोजगारी सिर्जना वर्ष’को रूपमा मनाइने सरकारको निर्णय - Chaitanya News
  • 2026-06-04
  • 14:47:04
  • बिहिबार,जेठ २१, २०८३
  • आगामी आव ‘आन्तरिक रोजगारी सिर्जना वर्ष’को रूपमा मनाइने सरकारको निर्णय

    आगामी आव ‘आन्तरिक रोजगारी सिर्जना वर्ष’को रूपमा मनाइने सरकारको निर्णय

    काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने बताएको छ।

    आज (बुधबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ का सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन्।

    यस्तै उनले उनले आन्तरिक रोजगारी सिर्जनालाई अभियानका रूपमा मनाउन लागिएको सोत बताए ।

    उनले रोजगारीको दीर्घकालीन व्यवस्था नहुने बेलासम्म सबै गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले अल्पकालीन रोजगारी सिर्जनाको व्यवस्था मिलाइएको मन्त्री भण्डारीले बताए।

    मुलुकको रोजगारीमा विदेशी र विदेशको रोजगारीमा नेपाली जाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

    उनले हालै सरकारले युएईमा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको समेत जानकारी दिए।