काठमाडौँ– आर्थिक पत्रकारहरूको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ।
सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रुपैयाँ बजेटमै विनियोजन गराएको थियो।
आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर १ मा सो रकम विनियोजन गरिएको जानकारी हुन आएको सेजनले जनाएको छ।
आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई सेजनले धन्यवाद दिएको छ। तर, सेजनको असार १७ गते बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो।