काठमाडौं– आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से २८.९१ अंक बढेको छ। तीन दिनदेखि सेयर बजार लगातार बढेको छ।
यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो। आजको वृद्धिपछि २६६० मा कायम भएको छ।
आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो।
२१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो। अधिकांश सेक्टरका सूचक बढेका छन्। लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो।
बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे। उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटे।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढ्यो। त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो।