काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशतं) बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ। १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो।
कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो। आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २।०० प्रतिशत बढ्यो। शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो।
त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढे ।
एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो। यो समूह ०।५६ प्रतिशत घट्यो। सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो।
जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत घट्यो। युनिलिभर नेपालको ३.४९, पन्चकन्य माइ हाइड्रोपावरको ३.२०, पियोर इनर्जीको ३.१९ तथा बुटवल पावरको ३.०३ प्रतिशत मूल्य घट्यो।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप तथा राधि विद्युत् क्रमशः अगाडि छन्। बजारको कुल पूँजीकरण रकम ४३ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ।