काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।
आज (बिहीबार) नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मात्र मल आएको जानकारी समेत दिए।
बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाइ मलले किसानलाई समयमै मल पुर्याउन सक्ने स्थिति नरहेको तर्क गरे।
उधारो दूध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको दुखेसो मन्त्री अधिकारीले गरे। ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ। उधारो दूध वर्षौँदेखि खाइरहेका छौँ। त्यो कहिले तिर्ने ?’ उनले प्रश्न गरे।
‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ। गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ।
एक चौथाइ मात्र मल आयात हुँदा किसानलाई पुर्याउन नसकिएको उनको तर्क थियो। ‘एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्याउन सक्छौँ रु सम्भावनै छैन। तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नै पर्छ,’ उनले भने।
धेरै समस्याका बीचमा खुसी मानेर सबैका बीचमा उभिनुपर्ने अवस्था रहेको मन्त्री अधिकारीले बताए।
‘