आज बागमती प्रदेश सभामा बजेटमाथि छलफल - Chaitanya News
  • 2026-06-04
  • 16:18:50
  • बिहिबार,जेठ २१, २०८३
  • आज बागमती प्रदेश सभामा बजेटमाथि छलफल

    आज बागमती प्रदेश सभामा बजेटमाथि छलफल

    काठमाडौँ–  बागमती प्रदेश सभाको बैठक बस्ने तय भएको छ। आज (बिहिवार) बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने छ। साथै बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन्।

    यस्तै बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा चालु खर्चतर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशतं) विनियोजन गरिएको छ।