मुसिकोट नगरपालिकाले ल्यायो २०८२– ०८३ का लागि ७० करोड १४ लाख बजेट - Chaitanya News
  • 2026-06-04
  • 17:04:40
  • बिहिबार,जेठ २१, २०८३
  • मुसिकोट नगरपालिकाले ल्यायो २०८२– ०८३ का लागि ७० करोड १४ लाख बजेट

    मुसिकोट नगरपालिकाले ल्यायो २०८२– ०८३ का लागि ७० करोड १४ लाख बजेट

    काठमाडौँ – गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले ७० करोड १४ लाखको बजेट ल्याएको छ । पालिकाले आर्थिक वर्ष २०८२– ०८३ का लागि ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको हो ।

    नगरपालिकाको १८औँ औँनगर सभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेकी हुन्।

    आर्थिक वर्षमा नगरपालिकाले कुल बजेटमध्ये पुँजीगततर्फ २१ करोड ५७ लाख ९० हजार रुपैयाँ र चालु खर्चतर्फ ४८ करोड ५६ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेको छ। चालु खर्चको हिस्सा ठूलो रहेको यो बजेटले सेवा प्रवाह, पूर्वाधार निर्माण र कृषि(शिक्षा(स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।

    नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले यस पटकको बजेटलाई रोजगारी सिर्जना, उत्पादन र सेवा विस्तारमा केन्द्रित गर्ने लक्ष्य लिएको बताइन्। ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ भन्ने नारालाई आत्मसात् गर्दै बजेट निर्माण गरिएको उनको भनाइ छ।

    उनले प्रस्तुत गरेको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएकोसमेत बताइन्।

    नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुलीलगायत सेवा क्षेत्रको पहुँच विस्तारलाई समेत बजेटमार्फत प्राथमिकता दिएको छ। ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल सुधारका लागि छुट्टै योजनासहित रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिइन्।