ताप्लेजुङका पाँच स्थानीय तहले गरे आज बजेट सार्वजनिक - Chaitanya News
  • 2026-06-04
  • 17:59:29
  • बिहिबार,जेठ २१, २०८३
  • ताप्लेजुङका पाँच स्थानीय तहले गरे आज बजेट सार्वजनिक

    ताप्लेजुङका पाँच स्थानीय तहले गरे आज बजेट सार्वजनिक

    ताप्लेजुङ– ताप्लेजुङका पाँच स्थानीयले आज (मंगलबार) बजेट सार्वजनिक गरेका छन् । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरेका हुन् ।

    पाँच स्थानीय तहले रु दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ को बजेट सार्वजनिक गरेका छन्।

    यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले रु ४४ करोड ५२ लाख ८७ हजारको बजेट प्रस्तुत गरेको थियो । सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष डा चित्र माबोले रु ५८ करोड ७४ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गरेका छन्।

    आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले यही असार ९ गते एकै दिन बजेट गाउँ सभामा पेस गरेका छन्। आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँ सभामार्फत आर्थिक वर्ष २०८२–८३ का लागि पालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले रु ५२ करोड ३६ लाख ५४ हजार बजेट प्रस्तुत गरेकी छिन्। मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले रु ५० करोड ५७ लाख ५० हजार ९२८ को बजेट गाउँ सभामा पेस गरिन्।

    त्यसै गरी, मैवाखोला गाउँपालिकाले १७औँ गाउँ सभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले रु ४४ करोड ७१ लाख १५ हजारको बजेट गाउँ सभामा पेस गरेकी छिन्। बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको आज बजेट सार्वजनिक गर्ने तयारीमा छन्।