लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 00:14:09
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    1. पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? यसको महत्व उल्लेख गर्नुहोस् । नेपालमा राज्य संयन्त्रमा पारदर्शिता प्रवर्द्धन गर्न विद्यमान नीति तथा कार्यक्रमहरुको समीक्षा गर्नुहोस् । (++)=१०

    उत्तर:

    पारदर्शिता :

    कुनै पनि विषयलाई प्रष्ट देखाउनु वा खुलाउनु, कुनै सूचनालाई सार्वजनिक गर्नुलाई पारदर्शिता भनिन्छ । शासकीय प्रणालीमा सार्वजनिक सरोकारका विषयलाई नागरिक समक्ष प्रस्तुत गर्नु, सार्वजनिक निर्णय वा कार्यलाई देख्न सकिने, बुझ्न सकिने, अनुभूत गर्न सकिने बनाउनुलाई पारदर्शिताको अर्थमा लिइन्छ ।

    सरकारद्वारा सञ्चालित विभिन्न क्रियाकलापको सम्बन्धमा सुसूचित हुन पाउने आम नागरिकको हकलाई पारदर्शिता भनिन्छ । कर्मचारीतन्त्र सरकारको कार्यात्मक हात भएको हुँदा पारदर्शितालाई Making Bureaucracy Open पनि भनिन्छ । सार्वजनिक निर्णय, योजना, काम कारबाही, सेवा प्रवाह र क्रियाकलापमा जनता एवम् सरोकारवालाहरुको पहुँच हुनु पारदर्शिता हो ।

    सरकारले जनताका लागि के कस्तो सुविधा र अवसर प्रदान गर्दैछ ? ती प्राप्त गर्ने प्रकिया के हो ? सरकारले कसरी कार्य सञ्चालन गर्दछ ? आदिबारे जान्ने हक जनतालाई हुने मान्यताबाट पारदर्शिता प्रादुर्भाव भएको हो । निर्णय प्रक्रियामा जनताले थाहा पाउने अधिकार पारदर्शिता हो । पारदर्शिता लोकतन्त्रको धमनी हो भने उत्तरदायित्व मुटु हो ।  सूचनाको हकले भैसकेको कामको सूचना पाउँछ- नतिजामा जोड दिन्छ भने पारदर्शिताले process accountability मा जोड दिन्छ ।

    Transparency International का अनुसार “Transparency is a characteristic of government, companies, organizations and individuals that are open in the clear disclosure of information, values, plans, prose and action.”

    पारदर्शिताको महत्व

    पारदर्शिताको अवधारणा अनुसार नै नागरिकहरुलाई सूचनाको हक प्रदान गर्ने गरी राज्यले मौलिक हकको रुपमा सूचनाको हकलाई व्यवस्थित गर्न थालेको पाइन्छ । सार्वजनिक विषय वस्तुहरु जति प्रष्ट हुन्छन्, नागरिकहरुको सूचनामा पहुँच जति बढ्छ, अनियमितता र भ्रष्टाचार न्यून हुँदै जान्छ । सूचनाको हक तथा पारदर्शिताको लोकतान्त्रिक शासन प्रणालीमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ, जसलाई देहायका बुँदामा उल्लेख गरिएको छ-

    • क्रियाशील लोकतन्त्र (Active democracy) लाई सार्थक तुल्याउन,
    • राज्य संयन्त्रप्रतिको आस्था र विश्वासलाई दरिलो बनाउन,
    • शासन व्यवस्थालाई जवाफदेही र उत्तरदायी बनाउन,
    • जनकेन्द्रित विकासमा सहयोग पुर्‍याउन,
    • मानव अधिकारको सार्थक उपयोग गर्न,
    • सारांशमा, लोकतन्त्र र विकास ।
    • अनियमितता र भ्रष्टाचार घटाउन,
    • उत्तरदायित्व बढाउन,
    • सरोकारवालालाई सहभागी गराउन,
    • सार्वजनिक सहायता बढाउन,
    • गल्ति र कमजोरी हटाउन,
    • संकट हुनबाट बचाउन,
    • प्रजातान्त्रिक अभ्यास बढाउन ।

    नेपालमा पारदर्शिताका लागि विद्यमान नीति तथा कार्यक्रम

    नेपालमा पारदर्शिताका लागि विद्यमान नीति तथा कार्यक्रमहरु देहाय अनुसार रहेका छन्-

    • नेपालको संविधानमा सूचनाको हक र गोपनीयताको हकको व्यवस्था गरिएको छ ।
    • सुशासन ऐन, २०६४ मा सार्वजनिक पदाधिकारी पारदर्शी हुनुपर्ने, सरोकारवालासँग समन्वय गर्नुपर्ने, नागरिक बडापत्र, क्षतिपूर्ति, सार्वजनिक सुनुवाईको व्यवस्था छ ।
    • सूचनाको हकसम्बन्धी ऐन, २०६४: खुला र पारदर्शी सरकार, मासिक प्रतिवेदन, सूचना पाउने अधिकारको व्यवस्था छ ।
    • सार्वजनिक खरिद ऐन, २०६३: सार्वजनिक आव्हान गर्नुपर्ने, IT को प्रयोग गर्नुपर्ने ।
    • आर्थिक कार्यविधि ऐन, २०५५
    • निजामती सेवा ऐन, २०४९: गोपनीयताको सपथ लिनुपर्ने ।

    नेपालमा पारदर्शिताको अवस्था

    सूचनाको हक तथा पारदर्शिता प्रवर्द्धन गर्न नेपाल सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत व्यवस्थाहरु गरेको छ । यसका लागि राष्ट्रिय सूचना आयोग क्रियाशील छ । तथापि व्यवहारमा विभिन्न समस्याहरु रहेका छन्, जुन निम्न बुँदामा उल्लेख गर्न सकिन्छ-

    • ट्रान्सपेरेन्सी इन्टरनेशनलले गरेको अध्ययन अनुसार दलहरु निर्वाचन आयोगमा वित्तीय विवरण पेश गर्दैनन् ।
    • सरकारले धेरै ठाडो प्रस्ताव मन्त्रिपरिष्‌दमा पेश गर्नाले प्रक्रियामा पारदर्शिताको कमी छ ।
    • अपराधीको मुद्दाहरु पारदर्शिताबिना राजनीतिक प्रभावमा फिर्ता लिने पद्धति छ ।
    • गोप्य रुपले न्यायधीश र संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति गर्ने गरिन्छ ।
    • पदक वितरणमा अपारदर्शिता छ – आफूले आफैंलाई सिफारिश गर्ने गरेको ।
    • आर्थिक सहायता वितरणमा पारदर्शिताको कमी छ ।
    • सरकारी कर्मचारीको व्यवहार पनि पारदर्शी छैन ।
    • सरकारी कर्मचारीहरु गोपनीयताको सपथ खान्छन् ।
    • सरकारका लागि सबै सूचना खुला, जनताका लागि गाह्रो छ ।

    निष्कर्ष:

    जहाँ सूचना हुन्छ,त्यहाँ पारदर्शिता हुन्छ । जहाँ पारदर्शिताको दियो बल्छ, त्यहाँ भ्रष्टाचारका किटाणुहरु हराउँछन् । यसै भावनालाई हृदयंगम गरी हालका दिनमा नेपालमा सूचनाको हक प्रवर्द्धन गर्न विभिन्न व्यवस्थाहरु गरिएका छन् । व्यवहारिक रुपमा कहीं कतै कमजोरी नभएका होइनन् । तर सरकार, नागरिक समाज र जनतामा पारदर्शिता प्रवर्द्धन गर्ने सिलसिलामा विकास हुँदै गएको प्रतिवद्धताको भावना प्रस‌ंशनीय छ । सभ्य समाज निर्माण गर्ने हाम्रो अभिभारामा यसले ठूलो टेवा पुर्‍याएको देखिन्छ ।

     

    2. सूचनाको हकको परिचय दिँदै नेपालको सन्दर्भमा सूचनाको हक र पारदर्शिताका सीमाहरुलाई उल्लेख गर्नुहोस् । 5+5
    उत्तर: 
    सूचनाको हक (Information Right)
    – सामान्यतया सूचना भन्नाले कुनै पनि विषयबस्तुका बारेमा प्राप्त गर्ने जानकारी, समाचार, तथ्य, तथ्यांक, अभिलेख वा संकेतलाई नै सूचना भनिन्छ ।
    – सार्वजनिक सरोकारका विषयमा के भइरहेको छ भनेर सरोकारवालाहरुबाट जानकारी माग्ने र सम्बन्धित निकाय वा पदाधिकारीले उक्त विषयका बारेमा स्पष्ट पार्ने कार्यलाई सूचनाको हक भनिन्छ ।
    – Right are legal, social or ehtical principles of freedom. कुनै पनि बस्तु वा सेवा प्राप्त गर्ने वा कुनै कार्य सम्पादित गर्न कानुन सम्मत वा संविधान सम्मत उपलब्ध गराइएको सुविधा वा अधिकार  हो ।
    – सूचनाको हकसम्बन्धी व्यवस्थाले सार्वजनिक महत्वको सूचना माग्ने र पाउने, कुनै पनि सामग्रीको प्रमाणित नमुना लिने, निर्माण कार्यको अवलोकन भ्रमण गर्ने, लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने र सार्वजनिक निकायको काम कारबाहीको गर्ने कुराको सुनिश्चितता पर्दछ ।
    सूचनाको हक अन्तर्गत निम्नलिखित अधिकारहरु पर्दछन्:
    – कागजपत्र (Cocument), अभिलेख (Record) हेर्ने,
    – डमुेण्ट वा रेकर्डको टिपोट लिने, प्रमाणित प्रतिलिपि लिने,
    – कुनै बस्तु सामानको प्रमाणित नमुना लिने,
    – डकुमेन्ट्रीहरु इलेक्ट्रोनिक रुपमा प्राप्त गर्ने आदि ।
    सूचनाको हक र पारदर्शिताका सिमाहरु:
    – सूचनाको हक र पारदर्शिता सुशासन कायम गर्ने माध्यम हुन् । पारदर्शिताले कुनै पनि सरोकारवाला पक्षले गर्ने कार्य वा निर्णयलाई देखन सकिने बुझ्न सकिने कार्य गर्दछ ।
    – पारदर्शिताको अर्थ कुनै पनि विषयलाई प्रष्ट देखाउनु संचार, संप्रेषण वा प्रशासन गरि सरोकारवाला पक्ष समक्ष प्रस्तुत गर्नु हो ।
    – सूचनाको हक र पारदर्शिताका केही सिमारेखाहरु रहेका हुन्छन् । नेपालको सन्दर्भमा निम्नानुसारका विषयहरु पारदर्शी नहुने गरी कानुनी व्यवस्था कायम गरिएको छ ।
     सैनिक र सामारिक महत्वका विषयहरु,
     राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु,
     मित्रराष्ट्र/छिमेकी राष्ट्रसँगको सम्बन्धमा खलल पु¥याउने विषयहरु ।
     व्यक्तिगत नितान्त निजी जीवनसँग सम्बन्धित विषयहरु,
     अपराध अनुसन्धासँग सम्बन्धित विषयहरु,
     गुप्तचरीका विषयहरु,
     सामाजिक, धार्मिक सद्भाव खलबल्याउने विषयहरु,
     व्यवसायिक प्रतिष्पर्धाका विषयहरु,
     वैज्ञानिक अन्वेषणसँग सम्बन्धित विषयहरु,
     कानुनले नै गोप्य राख्नुपर्ने भनी किटानी गरेका विषयहरु,
     परीक्षासँग सम्बन्धित विषयहरु,
     गोप्य टेण्डर तथा दरभाउपत्रसँग सम्बन्धित विषयहरु,
     कर्मचारी र कार्यसम्पादनसँग सम्बन्धित विषयहरु,
     बन्द इजलासबाट हुने सुनुवाई विषयहरु,
     परिपक्व वा निर्णय हुन बाँकी रहेका मन्त्रीपरिषद्का निर्णयहरु
     बजेट घोषणा हुनुभन्दा अगाडिका उक्त विषयसँग सम्बन्धित विषयहरु आदि ।
    अन्त्यमा,
    सूचनाको हक र पारदर्शिताले एकातिर नागरिक अधिकारको संरक्षण गर्दछ, भने अर्कोतिर सार्वजनिक निकायको नागरिकप्रतिको कत्र्तव्यलाई निर्वाह गर्न सहज बनाउँछ । त्यसैले सूचनाको हक र पारदर्शिताको सारभूत कार्यान्वयनले मात्र नागरिकको यस्तो सक्षमता अभिबृद्धि गराउँछ । फलस्वरुप सार्वजनिक निकाय र पदाधिकारी नागरिकप्रति उत्तरदायी बनाई असल शासन व्यवस्था कायम गर्न/गराउन सकिन्छ ।  
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100