सरकारले बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने - Chaitanya News
  • 2026-09-15
  • 12:35:32
  • मंगलबार,भाद्र ३०, २०८३
  • सरकारले बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने

    सरकारले बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने

    काठमाडौँ– सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

    आज (बुधबार) पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि उक्त रकम लिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    यसैगरी दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारको निर्णय गरेको छ ।