चितवनका ७ पालिकामध्ये कालिकाको बेरुजु सबैभन्दा कम, अरुको कति ? - Chaitanya News
  • 2026-06-04
  • 19:28:07
  • बिहिबार,जेठ २१, २०८३
  • चितवनका ७ पालिकामध्ये कालिकाको बेरुजु सबैभन्दा कम, अरुको कति ?

    चितवनका ७ पालिकामध्ये कालिकाको बेरुजु सबैभन्दा कम, अरुको कति ?

    चितवन– चितवनका ७ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको रहेको पाइएको छ।

    महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ७ पालिकामा सबैभन्दा कम अद्यावधिक बेरुजु कालिकाको देखिएको हो।

    सो नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ सम्मको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ।

    नगरपालिकाको गत आर्थिक वर्ष १ अर्ब ७७ करोड ८६ लाखको लेखापरीक्षण गर्दा ०.८३ प्रतिशत बेरुजु देखिएको हो।

    नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ। अघिल्लो वर्ष सो पालिकाले १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फर्स्यौट गरेको प्रतिवेदनमा उल्लेख छ।

    कालिकाको आर्थिक वर्ष २०७९–८० मा एक करोड ३४ लाख फर्स्यौट भएको थियो। आर्थिक वर्ष २०७४–०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ रहेको बेरुजुलाई घटाउने काम तीव्र पारिएको नगरप्रमुख विनोद रेग्मीले बताए।

    आर्थिक वर्ष २०७७–०७८ मा कालिकाको बेरुजु १६ करोड १२ लाख ९१ हजार रुपैयाँ थियो। आव २०७८–०७९ मा एकै वर्ष बेरुजु १० करोड ८३ लाख ५८ हजार रुपैयाँ फर्स्यौट गरिएको थियो।

    नगरप्रमुख रेग्मीले नगरपालिकाकाले आगामी दिनमा हरेक आर्थिक वर्षको बेरुजुलाई शून्य बनाउने र बाँकी बेरुजुलाई घटाउँदै लैजाने नीति अनुरुप काम गरिएको बताए।

    नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले बेरुजुलाई घटाउन प्राथमिकताका साथ नीति कानुनहरुको परिपालना गरेर अगाडि बढेको बताए।

    जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरको एक अर्ब ३ करोड ५३ लाख ८ हजार बेरुजु रहेको छ।

    महानगरको अघिल्लो वर्ष ०।०१ प्रतिशत बेरुजु रहेको भए पनि गत आर्थिक वर्षमा भने ०.९ प्रतिशत बेरुजु रहेको देखिएको थियो। आर्थिक वर्ष २०७९–८० मा जम्मा ५ लाख १५ हजार रुपैयाँमात्रै महानगरको बेरुजु थपिएको थियो।

    ९३ करोड ५० लाख आर्थिक वर्ष आर्थिक वर्ष २०७९र०८० सम्मको बेरुजु हो । गत आर्थिक वर्ष मात्रै बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ बेरुजु थपिएको छ । महानगरको गत वर्ष २०८०र०८१ मा एक रुपैयाँ पनि बेरुजु फर्स्यौट भएको देखिएको छैन ।

    रत्ननगरले घटायो एकै वर्ष ६ करोड ६४ लाख बेरुजु:

    जिल्लाको रत्ननगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०र०८१ मा ६ करोड ६४ लाख बेरुजु फर्स्यौट गर्न सफल भएको छ ।

    नगरपालिकाको गत आर्थिक वर्ष २ अर्ब ९४ करोडको लेखा परीक्षण गर्दा ०।१७ प्रतिशत अर्थात ४८ लाख ५६ हजार बेरुजु देखिएको थियो । आर्थिक वर्ष २०७९र०८० सम्म १६ करोड १८ लाख बेरुजु रहेको रत्ननगरमा गत बर्ष थपिएकोसहित अब १० करोड २ लाख मात्रै बेरुजु बाँकी छ ।

    राप्तीमा थपियो झन्डै दोब्बर बेरुजु:

    जिल्लाको सबैभन्दा भद्रगोल नगरपालिकाका रुपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिकामा गत वर्ष मात्रै १६ करोड करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु थपिएको छ ।

    २०७९र०८० सम्म १९ करोड ९४ लाख बेरुजु रहेको राप्तीमा आर्थिक वर्ष २०८०र०८१ मा मात्रै १६ करोड ७३ लाख ७७ हजार बेरुजु थपिएर ३६ करोड ३ लाख ७१ हजार पुगेको ।

    गत वर्ष सो पालिकाले एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गरेको छैन । २ अर्ब ९ करोड ७७ लाख ५६ हजारको लेखा परीक्षण गर्दा ७।९८ प्रतिशत बेरुजु गत वर्ष सो पालिकाको देखिएको थियो ।

    खैरहनी, माडी र इच्छाकामना १० करोड माथि बेरुजु:

    चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ । यो नगरपालिकामा गत वर्षको मात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ बेरुजु थपिएको छ ।

    गत आर्थिक वर्षमा १६ लाख ५० हजार मात्रै बेरुजु फर्स्यौट गरेको पालिकामा आ।ब। २०७९र०८० सम्म ११ करोड ९४ लाख ९२ हजार बेरुजु रहेको थियो ।

    माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन ।

    इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु ११ करोड भन्दा माथि रहेको छ । आर्थिक वर्ष २०७९र८० सम्म १० करोड ८० लाख ६४ हजार बेरुज रहेको पालिकामा गत आर्थिक वर्ष २०८०र०८१ करोड ३१ लाख १२ हजार रुपैयाँ बेरुजु थपिएको छ । सो पालिकाले अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा बेरुजु फर्स्यौट गरेको छैन ।